इन्जिनियरहरूको मौन व्यथा: जसले देश बनाउँछ, उसलाई नै किन भुलियो?


काठमाडौं । नेपालको विकास र समृद्धिको मेरुदण्ड मानिने इन्जिनियरहरूको जीवन कस्तो छ भन्ने कुरामा धेरैले ध्यान दिएका छैनन्। हामीले बनाएका पुल, सडक, भवन, र सहरहरूले देशको चेहरामा परिवर्तन ल्याए पनि, ती परिवर्तनको जग खन्ने इन्जिनियरहरूको अवस्था भने दयनीय छ।
बेरोजगारी नेपालको इन्जिनियरिङ क्षेत्रमा सबैभन्दा ठूलो समस्या हो। वर्षेनि हजारौं विद्यार्थीहरूले इन्जिनियरिङमा स्नातक गर्छन्, तर उनीहरूलाई कामको अवसर मिल्दैन। जसले काम पाउँछन्, उनीहरूले पनि न्यूनतम तलबमा, असुरक्षित वातावरणमा काम गर्नुपर्छ। अझ काम गरेर सम्पन्न गरेपछि पनि समयमै पारिश्रमिक नपाउने समस्या झन् विकराल छ। ठेकेदारहरूले मनपरी पैसा रोक्छन्, इन्जिनियरहरू आफ्नो श्रमको मूल्य पाउन महिनौं, कहिलेकाहीं वर्षौं कुर्न बाध्य हुन्छन्।
नेपाल इन्जिनियर्स एसोसिएशनजस्तो संस्था इन्जिनियरहरूको अधिकारका लागि लड्न गठन गरिएको थियो।
तर यथार्थमा, यो संस्था चुनावको बेला मात्रै सक्रिय देखिन्छ। चुनावमा ठूला वाचा गर्ने र समस्या समाधान गर्ने सपना बाँड्ने नेताहरू चुनाव सकिएपछि हराउँछन्। यस्तो अवस्थामा संगठनको नेतृत्वले इन्जिनियरहरूको समस्यालाई सम्बोधन गर्नेभन्दा आफ्नै व्यक्तिगत स्वार्थ पूरा गर्न समय लगाउँछ।नेपाल इन्जिनियर्स एसोसिएशन जस्ता संगठनहरूले इन्जिनियरहरूको हकहितका लागि काम गर्नुपर्ने हो। तर, यहाँ राजनीति हावी छ। चुनाव आउँदा ठूला भाषण र वाचाहरूको बाढी आउँछ। “इन्जिनियरहरूको भविष्य सुधार्छौं” भन्ने नेताहरू चुनाव सकिएपछि हराउँछन्। संगठनहरू व्यक्तिगत स्वार्थका कारण कमजोर बनेका छन्। इन्जिनियरहरूको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने नेतृत्व नै मौन छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको