१८ औं बलिदानी दिवस लोकतान्त्रिक विद्यार्थी संघ केन्द्रीय कार्यसमिति काठमाडौंमा मनाइयो


काठमाडौं  – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघले मधेश जनआन्दोलन र जनविद्रोहका प्रथम शहीद रमेश महतो लगायत वीर सपुतहरूको सम्झनामा “१८ औं बलिदानी दिवस” मनाएको छ
बबरमहलस्थित लोकतान्त्रिक विद्यार्थी संघ केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संघका महासचिव सम्मर साह, महासचिव सुमन कुमार यादव,सह महासचिव सिद्धार्थ यादव, सह महासचिव विशाल मिश्र, केन्द्रीय सदस्य सुरेश यादव, अमित ठाकुर, सुभाष यादवलगायत पार्टीका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टीका महासचिव डा. सुरेन्द्र झा, विद्यार्थी संघका पूर्व अध्यक्ष मनिष मिश्र, लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादव, लोकतान्त्रिक महिला संघकी नेतृ मिनु ठाकुर, र ट्रेड यूनियन संघका अध्यक्ष केशव अधिकारीलगायत नेताहरूले वीर शहीदहरूको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे।
पार्टी महासचिव मनिष मिश्राले शहीदहरूको बलिदानकै कारण आज देशका उत्पीडित जातजातिहरूले राज्यका विभिन्न निकायमा स्थान पाउन सफल भएको बताए। कार्यक्रममा सहभागीहरूले मधेश आन्दोलन र वीर शहीदहरूको महत्त्वलाई पुनः उजागर गर्दै शहादतको इतिहासलाई संरक्षण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापनमा लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय महासचिव सुमन कुमार यादवले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै मधेश आन्दोलनका वीर शहीदहरूको सपना साकार पार्न लोकतान्त्रिक विधार्थी संघले निरन्तर संघर्ष गर्ने प्रतिबद्धता गर्नुभो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको