
माघ ३० गते ।
दशौँ राष्ट्रिय खेलकुदको लागि सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको छनोट प्रतियोगिताको लागि औपचारिक रुपमा खेलकुद परिषदले नेपाल भलिबल संघलाई समेत जानकारी नगराई मनोमानी ढंगले खेल सञ्चालन गरेको छ ।
नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष तथा रेफ्री कमिसन तदर्श समितिका संयोजक हरक सिंह धामीले बताएका छन्। कुनै पनि संघसंस्थाले भलिबल खेल सञ्चालन गर्दा नेपाल भलिबल सङ्घको नियम अनुसार आवश्यक पर्ने रेफ्रीको लागि औपचारिक रुपमा संघलाई जानकारी गराउनुपर्ने नियम रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष धामीले बताएका छन्।
नेपाल भलिबल सङ्घको नियमअनुसार लाइसेन्स नवीकरण गरी अभिलेखीकरण गरिएका रेफ्रीहरूलाई मात्र नेपाल भलिबल संघले खेल खेलाउनका लागि अनुमति दिने गर्दछ सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको खेल २९ गते सम्पन्न महिला तर्फको खेल दार्चुला र बझाङको खेलमा लाइसेन्स नवीकरण नगरिएका र अभिलेखीकरण नाम उल्लेख नभएका रेफ्री विष्णु चौधरी। ले खेलाएको खेल पटकपटक विवाद भएपछि पाँचौं सेटमा विष्णु चौधरीलाई हटाइएको दार्चुलाका खेलाडीहरूले जानकारी गराएका छन्।
भलिबल सङ्घको अनुमति बिना खेल खेलाउने रेफ्रीहरूले विवाद सिर्जना गरेमा नेपाल भलिबल संघ जिम्मेवार नरहने वरिष्ठ उपाध्यक्ष तथा रेफ्री कमिसन तदर्थ समितिको संयोजक हरक सिंह धामीले बताएका छन् नेपाल भलिबल सङ्घको स्वीकृति बिना मनोमानी ढङ्गले खेल खेलाउन गएका रेफ्रीहरूलाई सङ्घको रेफ्री खटनपटन तथा परिचालन सम्बन्धी निमावली बमोजिम आवश्यक कारबाही गरिने वरिष्ठ उपाध्यक्ष तथा रेफ्री कमिसन तदर्थ समितिका संयोजक हरकसिंह धामीले बताएका छन्।
महिलातर्फको सेमिफाइनल खेल दार्चुला र कैलाली बीच प्रतिस्पर्धात्मक खेलमा प्रथम रेफ्री घुमन चौधरी कैलालीका र दोस्रो रेफ्री प्रेमचन्द बैतडीका लाई एफआई भिएको नियम पालना नगरी लिबेरो परिवर्तन मा समेत नियमपूर्वक नगराई आफू खुसी नियम लगाई कैलालीलाई जिताउने उद्देश्यका साथ गलत निर्णय लिई दार्चुलाले बारम्बार गलत निर्णयको लागि अपिल गर्दा समेत कुनै अपिल नसुनी प्रथम रेफ्री घुमन चौधरीले कुनै अफिसियलसँग समन्वय नगरी आफू खुसी पहिलो कार्ड र रातो कार्ड दिई दार्चुलाको टिमलाई खेलबाट बाहिर गराई कैलालीलाई विजय घोषणा गराएको दार्चुलाका प्रशिक्षक तथा सुदूरपश्चिम भलिबल संघका उपाध्यक्ष जोशीले बताए ।
भलिबल सङ्घको ऐन नियम नियमावली विपरीत खेल खेलाउने रेफ्री विरुद्ध लिखित उजुरी दिएमा खेल खेलाउने रेफ्रीलाई संघको नियम अनुसार आवश्यक कारबाही गरिने वरिष्ठ उपाध्यक्ष तथा कमिसन तदर्थ समितिका संयोजक धामीले बताएका छन्।