नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले निकट लोकतान्त्रिक मगर संघ नेपालको पहिलो धादिङ जिल्ला अधिवेशन सम्पन्न


 धादिङ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले निकट लोकतान्त्रिक मगर संघ नेपालको पहिलो धादिङ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  धादिङवेसीस्थित मदन आश्रित हलमा भएको अधिवेशनबाट बमबहादुर थापा मगरको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रामबहादुर राना मगर, सचिव भक्तबहादुर रेशमी मगर, सहसचिव शान्ति थापा मगर, कोषाध्यक्षमा नेत्रमाया सुयाल मगर रहेका छन् भने सदस्यहरुमा भक्तबहादुर थापा, मति आले मगर, टोपबहादुर मगर, मथुरा राना मगर, कृष्ण बहादुर मगर, सूर्य थापा मगर (अर्जुन), कोपिला थापा मगर र कृष्ण थापा मगर रहेका छन् भने रिक्त सदस्य नवनिर्वाचित कमिटीले मनोनित गर्नेछ । सल्लाहकार मण्डलको संयोजक हरि पाटा मगर, सदस्यहरुमा हरिशंकर गिदेल मगर, यदु बहादुर रेशमी मगर, झकबहादुर थापा मगर, देव पुलामी मगर, कमलबहादुर थापा मगर र सुरेन्द्र थापा मगर रहेका छन् ।

अधिवेशनमा नेकपा एमाले धादिङ जिल्ला कमिटीका सहसचिव भक्तबहादुर लामिछाने, नेकपा एमाले धादिङ जिल्ला कमिटीका सदस्य एवं नेपाल खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज सगुन थापा मगर, लोकतान्त्रिक मगर संघ बागमती प्रदेश कमिटिका सहसचिव एवं नेकपा एमाले त्रिपुरा सुन्दरी गाउपालिका कमिटीकी सदस्य एलिना मगर, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउपालिका कमिटीका उपाध्यक्ष एवं वडा नं. ३ का वडा अध्यक्ष कमल थापा मगर, नेकपा एमाले सिद्धलेक गाउपालिका कमिटीका उपाध्यक्ष एवं वडा नं. ३ का वडा अध्यक्ष देव पुलामी मगर, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउपालिका कमिटीका सचिव रामबहादुर राना मगर, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल धादिङ जिल्ला कमिटीका कोषाध्यक्ष माया थापा मगर, सिद्धलेक गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष झक बहादुर थापा मगर, लोकतान्त्रिक मगर संघ बागमती प्रदेश कमिटिका सदस्य ओम ग्यामी मगर, लोकतान्त्रिक मगर संघ बागमती प्रदेश कमिटिका सदस्य मोहन सिजाली मगर, मगर अभियानका अभियन्ता हरि पाटा मगर, हरिशंकर गिदेल मगर, भक्तबहादुर थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी सो कार्यक्रम लोकतान्त्रिक मगर संघ नेपालका केन्द्रीय सदस्य एवं धादिङ जिल्ला इन्चार्ज जीवन थापा मगरको इन्चार्जले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम तदर्थ कमिटीका संयोजक बमबहादुर थापा मगरको संयोजकत्वमा सम्पन्न भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको