छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय पथरैयाद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम तथा Global Money Week 2025 को अवसरमा लम्किचुहा-७, खरौला बजारमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न


टिकापुर कैलाली– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय पथरैयाद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम तथा Global Money Week 2025 को अवसरमा लम्किचुहा-७, खरौला बजारमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न भय़ो भने टिकापुर बजारमा सचेतना र्याली निकालिय़ो।

छिमेक लघुवित्तले स्थानीय समुदायमा वित्तीय शिक्षाको पहुँच बढाउने उद्देश्यले Digital Bus को प्रयोग गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्यो। यस कार्यक्रममा संस्थामा आबद्ध सदस्य, अभिभावक, बुद्धिजीवी, सुरक्षाकर्मी, Three Zero Club का विद्यार्थीहरू, युवा तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक हरिचन्द्र भट्ट ले गर्नुभय़ो भने प्रमुख अतिथि अनुगमन प्रमुख तपेन साउद रहनुभय़ो। उहाँहरूले वित्तीय अनुशासन, बचत प्रवर्द्धन, पारिवारिक बजेट व्यवस्थापन, ऋणको प्रभावकारी उपयोग लगायतका विषयमा जानकारी गराउनुका साथै स्थानीय स्तरमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिनुभय़ो।

वित्तीय साक्षरता कार्यक्रम

कार्यक्रममा प्रशिक्षक बुधराम महतो ले पारिवारिक बजेट व्यवस्थापन, बचतको सदुपयोग, ऋणको सही व्यवस्थापन, वित्तीय सचेतना तथा आत्मनिर्भरताको आवश्यकता जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिनुभय़ो।

वृत्तचित्र प्रस्तुति, अडियो-भिडियो सामग्री, छलफल विधि तथा प्रोजेक्टरको प्रयोग गरी सहभागीहरूलाई वित्तीय अनुशासनबारे प्रभावकारी जानकारी प्रदान गरियो। सहभागीहरूले बचत गर्ने व्यवहार, ऋणको सही व्यवस्थापन, पारिवारिक खर्च नियन्त्रण तथा दीर्घकालीन आर्थिक योजनाबारे व्यावहारिक ज्ञान लिय़।

वित्तीय सचेतना र्याली

खरौला बजारमा बिहान ११:०० बजे शुरू भय़ोको कार्यक्रम दिउँसो ४:०० बजे समापन गरियो। त्यसपछि ४:०० देखि ५:०० बजेसम्म टिकापुर बजारमा एक भव्य वित्तीय सचेतना र्याली निकालियो।

र्यालीमा Three Zero Club का विद्यार्थीहरू, युवाहरू, सुरक्षाकर्मी, बुद्धिजीवी, अभिभावक, लघुवित्तका सदस्य तथा संस्थाका कर्मचारीहरूको सक्रिय सहभागिता रह़यो। र्यालीमा बचत, वित्तीय अनुशासन, ऋणको सही प्रयोग तथा आर्थिक आत्मनिर्भरताको महत्त्वबारे सचेतना फैलाउने सन्देशसहित नारा लगाइयो।

स्थानीय समुदायमा सकारात्मक प्रभाव

कार्यक्रममा सहभागी भय़का स्थानीयहरूले यस्ता सचेतना कार्यक्रमहरूले आर्थिक निर्णयहरू लिने क्षमतामा सुधार ल्याउने, बचत गर्ने बानीको विकास गर्ने तथा ऋणको सही उपयोग गर्न सहयोग पुग्ने बताए।

छिमेक लघुवित्त वित्तीय संस्था ले यस्ता कार्यक्रमहरू ग्रामीण भेगमा निरन्तर सञ्चालन गर्दै आइरहेको छ। संस्थाले आगामी दिनहरूमा पनि Digital Bus को माध्यमबाट वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाय़को छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको