सुरु भयो एसईई परीक्षा, सबै नानीबाबूहरूलाई शुभकामना : प्रधानमन्त्री ओली

नागरिक पाना
२०८१ चैत्र ७, बिहीबार ०३:१५

काठमाडौँ : देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। यस अवसरमा प्रधानमन्त्री  केपी शर्मा ओलीले परीक्षार्थीहरूलाई शुभकामना दिएका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत एसईई दिने सबै विद्यार्थीहरूलाई शुभकामना दिँदै लेखेका छन्, “सुरु भयो एसईई ! सबै नानीबाबूहरूलाई शुभकामना !!”