चीनले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो कार्गो ड्रोन TP-1000 को पहिलो सफल परीक्षण उडान पूरा गरेको छ


एजेन्सी/ चिनले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो कार्गो ड्रोन TP-1000 को पहिलो सफल परीक्षण उडान पूरा गरेको छ। शनिबार बिहान चीनको शानडोङ प्रान्तको छिङदाओ मा सम्पन्न यो उडान २६ मिनेट सम्म चलेको थियो।

TP-1000 ड्रोनका विशेषताहरू:

• टेकअफ तौल: ३.३ टन

• अधिकतम पेलोड क्षमता: १,००० किलोग्राम (१ टन)

• एयरड्रप क्षमतासहितको पहिलो ठूलो मानवरहित यातायात विमान

• नागरिक उड्डयन मापदण्ड अनुरूप पूर्ण रूपमा विकसित

चीनमा कम उचाइमा कार्गो ढुवानीको माग बढ्दै गएका कारण यो ड्रोन उपयोगी हुने बताइएको छ। अनुसन्धान टोलीका नेता जिन गेले परीक्षण उडान अत्यन्त सफल रहेको र सबै प्रविधिक सूचकहरू अपेक्षाअनुसार रहेको बताएका छन्।

यो ड्रोन २०२६ सम्ममा व्यावसायिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ, जसले चीनको मानवरहित हवाई वाहन प्रविधि मा नयाँ क्रान्ति ल्याउने अनुमान गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको