देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं । देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान कोसी तथा मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

आज दिउँसो कोसी, लुम्बिनी, मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ।

त्यस्तै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

महाशाखाले मौसम परिवर्तनका कारण यात्रा गर्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको