दार्चुला, चैत ८ – आत्मा शान्ति र राष्ट्रको शान्तिका लागि ७५३ स्थानीय तहमा साइकल तथा पैदल यात्रा गरिरहेका ७२ वर्षीय यात्री रामभक्त कौडिण्य (प्याकुरेल) आज जिल्ला दार्चुलाको मार्मा गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय, लटिनाथमा आइपुगेका छन्।
उक्त यात्रा उनले २०७८ मंसिर ९ गते मोरङ जिल्लाको रतुवामाई नगरपालिका–८, दाम्रा भिट्टाबाट सुरु गरेका थिए। तीन वर्षभन्दा लामो समयदेखि निरन्तर साइकल तथा पैदल यात्रामा रहेका कौडिण्यले देशका विभिन्न भूभाग पार गर्दै आफ्नो उद्देश्यप्रति समर्पित रहेका छन्।
उनको अदम्य साहस, हिम्मत तथा शारीरिक तन्दुरुस्तिको उच्च सम्मान गर्दै इलाका प्रहरी कार्यालय, लटिनाथले आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ। यस यात्राले व्यक्तिगत आत्मशुद्धि मात्र नभई राष्ट्रमा शान्तिको सन्देश फैलाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया !