सुकुना माविका आठ जुम्ल्याहा विद्यार्थी एसइईमा सहभागी


मोरङ, मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी भएका छन्।

विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीका अनुसार कोशी प्रदेशमै सबैभन्दा धेरै विद्यार्थी एसइई परीक्षा दिने विद्यालयहरूमध्ये सुकुना मावि अग्रस्थानमा रहेको छ। यस विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

विसं २०२९ मा स्थापना भएको यस विद्यालयले २०३९ सालदेखि एसएलसी परीक्षा दिन सुरु गरेको थियो। हाल प्रदेशकै नमूना विद्यालय बनाउन पहल गरिँदै आएको यस विद्यालयमा ४,५०० विद्यार्थी अध्ययनरत छन्। विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतका अनुसार कोशी प्रदेशभर ८० हजारभन्दा बढी विद्यार्थीले यस वर्षको एसइई परीक्षा दिइरहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको