मलेशिया एयरलाइन्सको हराएको विमान एमएच-370 को खोजी पुनः सुरु

नागरिक पाना
२०८१ चैत्र ८, शुक्रबार ०८:२०
Screenshot

कुआलालम्पुर, मलेसिया सरकारले २०१४ मा हराएको मलेसिया एयरलाइन्सको एमएच-370 विमानको खोजी पुनः सुरु गर्ने निर्णय गरेको छ।

यस खोजी अभियानको जिम्मेवारी अमेरिकी टेक्सासस्थित मरीन रोबोटिक्स कम्पनी ओशन इन्फिनिटी लाई दिइएको छ। मलेसियाली सरकारको अन्तिम स्वीकृति पाएसँगै ओशन इन्फिनिटीले हराएको विमानको खोजी कार्य अघि बढाउने छ।

उक्त विमान २०१४ मा २३९ यात्रु लिएर बेपत्ता भएको थियो। सात वर्षभन्दा बढी समयदेखि खोजी प्रयास भए पनि हालसम्म विमानको अवशेष फेला पार्न सकिएको छैन। नयाँ अभियानले विमानको वास्तविक स्थान पत्ता लगाउने आशा गरिएको छ।