
काठमाडौँ, सिराहामा दलित बस्तीमा महायज्ञ गर्न डोजर चलाइएको घटनाको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्ध दलितका लागि दलित अभियान, नेपालले आज बानेश्वरमा प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ प्रवेश गर्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई रोक्न खोजेपछि केहीबेर तनाबको अवस्था सिर्जना भएको थियो।
प्रदर्शनमा सहभागीहरूले जातीय विभेद अन्त्यको माग गर्दै नाराबाजी गरेका थिए। सिराहाको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शनकारीहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्।