नेपाली फुटबल टिम आज सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्दै


काठमाडौं : नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेलको पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ। अर्को साता हुने एएफसी एसियन कप छनोटको खेलको तयारीस्वरूप नेपालले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

नेपाल र सिंगापुर बीचको खेल सिंगापुर नेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ मा हुनेछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन एचडी स्पोर्टसबाट हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नव नियुक्त प्रशिक्षक रोस म्याटको आज डेब्यु खेल हुनेछ। नेपाल र सिंगापुरको भने ३६ वर्षपछि एक अर्काको सामना गर्दै छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको