SARC ट्यालेन्ट हन्ट २०२५ : महेन्द्रनगरमा प्रतिभा पहिचान गर्ने सुवर्ण अवसर


महेन्द्रनगर, कञ्चनपुर – कला, संगीत, नृत्य वा कुनै अन्य प्रतिभा देखाउन चाहने युवाहरूका लागि सुवर्ण अवसर आएको छ। SARC एजुकेशन फाउन्डेसन महेन्द्रनगर, कञ्चनपुर (SARC SCHOOL) द्वारा आयोजित SARC ट्यालेन्ट हन्ट २०२५ प्रतियोगिताले प्रतिभावान व्यक्तिहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्दैछ।

प्रतियोगितामा भाग लिन इच्छुक प्रतिभाहरूले आफ्नो २ मिनेटको भिडियो रेकर्ड गरी पठाउनुपर्नेछ। यस भिडियोमा उनीहरूको विशेष प्रतिभा समावेश गर्नुपर्नेछ। उत्कृष्ट प्रतिभा प्रदर्शन गर्नेहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

SARC ट्यालेन्ट हन्ट २०२५ ले प्रतिभावान व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ। यदि तपाईंमा कुनै विशेष कला छ भने, यो अवसरलाई खेर जान नदिनुहोस्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको