महानायक राजेश हमाल बाजुरा आउन लागेका छन्


बाजुरा-महानायक राजेश हमाल बाजुरा आउने भएका छन् ।

बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजनामा हुन् लागेकाे बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महाेत्सवमा प्रस्तुति दिन महानायक हमाल बाजुरा आउन लागेका हुन् ।

बडीमालिकाकाे पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यहि चैत १६ गतेबाट आयाेजना हुन लागेकाे उक्त महाेत्सवमा आमन्त्रित कलाकारका रूपमा महानायक हमाल आउने बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमरबहादुर विश्जकर्माले जानकारी दिए ।

उनका अनुसार १० दिनसम्म संचालन हुने महाेत्सव बाजुराका गाैरवशाली कलाकारहरूका साथै नेपालका चर्चित आमन्त्रित कलाकारहरूका प्रस्तुति रहने छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको