इलाम-इलामको सूर्योदय नगरपालिका–६, कन्याममा जिउँदै गोरुको फिला काटेर मासु चोरी गरिएको छ। स्थानीय किसानको गोठमा बाँधिएको गोरुलाई राति चोरहरुले आक्रमण गरी मासु काटेर लगेका हुन्। गोरु गम्भीर घाइते अवस्थामा भेटिएको छ।
स्थानीयका अनुसार यसअघि पनि सोही क्षेत्रमा हलगोरुहरूलाई यस्तै क्रूर तरिकाले मासुका लागि काटिएको घटना भएका थिए। यसले किसानहरूलाई गहिरो चिन्ता बढाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयहरूले यस्ता क्रियाकलाप रोक्न कडा सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया !