
बेइजिङ । जलवायु परिवर्तनका कारण विश्वभरका तालहरूमा अक्सिजनको स्तर घट्दै गएको एक नयाँ अध्ययनले देखाएको छ। शनिबार प्रकाशित अध्ययनअनुसार, बढ्दो तापक्रम र गर्मीका लहरहरूको प्रभावले विगत २० वर्षमा १५,००० भन्दा बढी तालहरूमा अक्सिजनको मात्रा घट्ने प्रवृत्ति देखिएको छ।
साइन्स एडभान्सेज जर्नलमा प्रकाशित अध्ययनका अनुसार, विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा निरन्तर घट्दै गएको छ। साथै, समुद्र र नदीहरूको तुलनामा तालहरूमा अक्सिजन घट्ने औसत दर बढी रहेको पाइएको छ।
अनुसन्धानका प्रमुख वैज्ञानिक झाङ युनलिनका अनुसार, “अक्सिजनको कमीले प्रजातिहरू लोप हुन सक्छ। जलीय जीवहरूको मृत्यु दर बढ्न सक्छ, जसले व्यावसायिक माछा मार्ने उद्योगहरूमा गम्भीर असर पार्न सक्छ।” अध्ययनले देखाएअनुसार गर्मीको लहरका कारण अक्सिजनको कमी ७.७ प्रतिशतसम्म घट्न सक्छ।
सह–लेखक शि कुनका अनुसार, “तालहरूमा पोषक तत्वहरूको सन्तुलन कायम गर्न, डुबेका वनस्पति रोपण र सिमसार निर्माणले पारिस्थितिकी प्रणालीलाई सुधार गर्न सक्छ।”
यस अध्ययनमा चीनको नानजिङ विश्वविद्यालय र बेलायतको बाङ्गोर विश्वविद्यालयका वैज्ञानिकहरू सहभागी थिए। अध्ययनकर्ताहरूले जलवायु परिवर्तनको प्रभावले ताजा पानीको पारिस्थितिकी तन्त्रमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।