बैतडी । संघीय लोकतान्त्रिक गणतन्त्रले मुलुकको विकासमा महत्वपूर्ण उपलब्धिहरू दिलाइरहेको छ। यसैक्रममा, बैतडीको दोगडाकेदार गाउँपालिका सबै वडामा सडक मार्ग विस्तार गर्न सफल भएको छ।
गाउँपालिकाले योजनाबद्ध रूपमा सडक निर्माणलाई प्राथमिकता दिँदै हालसम्मका सबै वडामा सडक सञ्जाल विस्तार गरेको हो। यद्यपि, सोचेअनुसार १०० प्रतिशत उपलब्धि हासिल भइनसकेको भए पनि क्रमिक रूपमा विकास भइरहेको स्थानीयवासी बताउँछन्।
गाउँपालिकाले आगामी वर्षहरूमा सबै वडामा सार्वजनिक यातायात (बस) सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ। विकासक्रम निरन्तर चलिरहने भएकाले विरोधका ठाउँहरू भए पनि सकारात्मक उपलब्धिहरूलाई पनि स्वीकार गर्नुपर्ने स्थानीयस्तरका नेताहरूको भनाइ छ।
स्थानीयवासीले गाउँपालिकाको यो उपलब्धिलाई स्वागत गर्दै अझ व्यवस्थित पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन्।

