तीन दलका शीर्ष नेताबीच आज भेटवार्ता, संक्रमणकालीन न्याय र राजावादी गतिविधि छलफलको मुख्य एजेन्डा


काठमाडौं,– प्रमुख तीन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका शीर्ष नेताबीच आज अपराह्न ४ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हुने उक्त बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) मुख्य छलफलको विषय रहने बताइएको छ।

यसअघि, माओवादी केन्द्रकी सांसद विमला सुवेदीले प्रतिनिधिसभा बैठकमा टीआरसीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको बताएका थिए। तर, पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन नसकेको उनको भनाइ थियो। यसै सन्दर्भमा, चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुगेर छलफलको वातावरण बनाउने प्रयास गरेका थिए।

यसबाहेक, आजको बैठकमा राजावादी समूहहरू, विशेष गरी राप्रपा लगायतका दलहरूले बढाएका गतिविधिहरू र गणतन्त्र पक्षधर दलहरूको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ। हालै राजसंस्थाको पुनःस्थापना पक्षधर समूहहरू सक्रिय हुँदै गएका बेला प्रमुख तीन दलबीच यसबारे रणनीति तय गर्ने विषय उठ्ने अनुमान गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको