सरकारको निर्णयप्रति विश्वप्रकाश शर्माको असन्तुष्टि: “कुलमान घिसिङलाई हटाउनु गलत”


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै कुलमान घिसिङलाई हटाउने निर्णय समयोचित नभएको बताएका छन्।

उनका अनुसार, नेपाली कांग्रेसको पदाधिकारी तहमा कुलमानलाई हटाउने सहमति थिएन। उनले लेखेका छन्, “बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमा सजग गराइएको थियो। कारबाही योग्य केही भए, पछि पनि गर्न सकिन्थ्यो।”

उनले सरकारको यो निर्णयले राम्रा प्रयासहरूलाई छायाँमा पार्ने र गलत सन्देश जाने बताएका छन्। असन्तुष्टिलाई निराश पार्नुपर्ने बेलामा सरकारले प्रतिगमनलाई मलजल गर्ने निर्णय लिएको उनको टिप्पणी छ।

शर्माले खुला र स्पष्ट रूपमा सरकारको निर्णयप्रति विमति रहेको बताएका छन्। कुलमान घिसिङको कार्यकालका उपलब्धिहरूलाई हेर्दा सरकारले उनलाई हटाउनु नहुने धारणा उनले व्यक्त गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको