“अवको एक हप्तामा तलब नपाए सबैलई टुकुचामा गाडदिन्छु” – मेयर बालेन शाहको चेतावनी


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका सरसफाई कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चेतावनी दिँदै यदि एक हप्ताभित्र तलब नआए कडा कदम चाल्ने बताएका छन्।

उनले पोस्टमा लेखेका छन्, “को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु! त्यसपछि हेरौँला तिम्रो के के तन्त्र हो!!”

बालेनको यो भनाइले सरकारप्रति कडा असन्तुष्टि प्रकट गरेको देखिन्छ। उनले महानगरका श्रमिकहरूको हकहित सुनिश्चित गर्न सरकारको ढिलासुस्तीको आलोचना गरेका छन्।

महानगरका सरसफाई कर्मचारीहरू महिनौँदेखि पारिश्रमिक नपाउँदा दैनिक जीवनयापनमा समस्या भोग्न बाध्य छन्। यदि छिट्टै समाधान नभए काठमाडौँ महानगरपालिकाका कर्मचारीहरू आन्दोलित हुनसक्ने संकेत समेत उनले दिएका छन्।

सरकारले यस विषयमा के कदम चाल्नेछ भन्ने प्रतीक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको