मध्यरातमा मैनवत्ती वालेर रवि लामिछानेको मौन विरोध: “अन्तिम निर्णय जनताले लिन्छन्”


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत सरकारको पछिल्लो निर्णयप्रति मौन विरोध जनाएका छन्। मध्यराति फेसबुक लाइभमा आएका उनले कुनै शब्द नबोली मात्र मैनबत्ती बालेर प्रतिकात्मक सन्देश दिएका छन्।

लाइभपछि उनले लेखेका छन्, “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!!”

उनको यो सन्देश सरकारको पछिल्लो निर्णय, विशेष गरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ।

रवि लामिछानेले यसअघि पनि सरकारका निर्णयहरूमाथि आलोचना गर्दै आएका छन्। उनको मौन विरोधले सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भएको छ। उनका समर्थकहरूले उनको सन्देशलाई ‘जनताको अधिकारको रक्षा’ भन्ने सन्दर्भमा जोडिरहेका छन्।

सरकारको पछिल्लो निर्णयलाई लिएर विभिन्न दलका नेताहरूबाट प्रतिक्रिया आउन थालेका छन्। लामिछानेको यो मौन प्रदर्शनले आगामी दिनमा सरकारविरुद्ध थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको