कुलमान घिसिङको बर्खास्तगीप्रति वरिष्ठ पत्रकार विजय कुमार पाण्डेको आपत्ति


 

काठमाण्डौ- व्यापक जन असन्तुष्टि खेपिरहेको वर्तमान सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि देशभर विरोध सुरु भएको छ। वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।

पाण्डेले आफ्नो स्टाटसमा लेखेका छन्, “फगत केही महिना कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई हटाएर सरकारले देशमा सल्किन थालेको आगोमा आफैं मट्टीतेल खन्याएको छ।” उनले प्रधानमन्त्री तथा कांग्रेस सभापतिलाई यो निर्णय तत्काल सच्याउन माग गरेका छन्।

यदि सरकारले आफ्नो निर्णय सच्याएन भने, कांग्रेस नेतृत्वको सरकार सञ्चालन संयन्त्रका प्रमुख सदस्यहरू – उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायत अन्य सदस्यहरूले संयन्त्रबाट राजीनामा दिनुपर्ने माग समेत पाण्डेले गरेका छन्।

उनले कुलमान घिसिङलाई “आफ्नो असामायिक बर्खास्तगीको मुद्दा सर्वोच्च अदालतमा दायर गर्न उचित हुनेछ” भन्ने सल्लाह दिएका छन्। साथै, संविधानको अन्तिम संरक्षक र व्याख्याता सर्वोच्च अदालतले यस विषयको बहुआयामिक गम्भीरतालाई मध्यनजर राख्दै कानूनी रूपमा उचित फैसला गर्ने अपेक्षा उनले व्यक्त गरेका छन्।

कुलमान घिसिङको बर्खास्तगीपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रियाहरू देखिएका छन्। जनताले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै घिसिङलाई पुनः reinstatement गर्न माग गरिरहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको