इटहरी र धरानमा बम आतंक मच्चाउने दुईजना पक्राउ


धरान – सुनसरीको इटहरी र धरानमा बम राखिएको हल्ला फैलाएर आतंक मच्चाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका-१ का ४७ वर्षीय संजय उपनामका खगेन्द्र खरेल र इटहरी-४ की ३६ वर्षीय लक्ष्मीदेवी थापा रहेका छन्।

घटना विवरण:

गत पुस १६ गते, ९८१४३४७२९० नम्बरबाट सुनसरीको बुढिखोला, भोटेपुलमुनि र इटहरी नगरपालिका अगाडि बम राखिएको भन्दै हल्ला फैलाइएको थियो।

इलाका प्रहरी कार्यालय इटहरी र पकलीको क्लोज युजर ग्रुप नम्बरमा फोन गरेर बम राखिएको जानकारी दिएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो। इटहरी नगरपालिका अगाडि कालो झोलाभित्र राखिएको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको थियो।

पक्राउ प्रकिया:

आतंक मच्चाएर फरार रहेका खरेल र थापा सुनसरीको कोशी गाउँपालिका-८, भाण्टाबारी क्षेत्रमा लुकीछिपी बसेको सूचनाका आधारमा प्रहरीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको