
एलिसन हस्पिटालिटी प्रा.लि.ले आयोजना गर्न लागेको टुरिजम प्रोजेक्ट सोकेस–कोशी ToPS कार्यक्रमको
आयोजनाको तयारी तथा यस कार्यक्रमका बारेमा आयोजक संस्थाका अध्यक्ष एलिना मगरसँग नागरिक पानाले
गरेको कुराकानीः
–टुरिजम प्रोजेक्ट सोकेस–कोशी कस्तो खालको कार्यक्रम हो ?
टुरिजम प्रोजेक्ट सोकेस–कोशी एक वाक्यमा भन्नुपर्दा कोशी प्रदेशको पर्यटनको परियोजना तयार गरी प्रदर्शनी गर्ने
कार्यक्रम हो । इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले कोशी प्रदेशमा पर्यटनको सम्भाव्यता अध्ययन गरी
प्रदेशमा सम्भावना भएका प्रोजेक्टहरुका खाँका तयार गरी प्रदर्शन गर्ने कार्यक्रम हो ।
–पर्यटन प्रोजेक्ट अनि इन्जिनियरिङको विद्यार्थी अलिक तालमेल नमिले जस्तो लाग्यो नि ?
हजुर झट्ट स ुन्दा बेमेल जस्तो लाग्छ । हाम्रो कार्यक्रमको ‘थिम’ भनेको नै सम्भाव्यता अध्ययन, प्रोजेक्ट तयार र
प्रदर्शनी हो । पर्यटनमा सबै क्षेत्रको आ–आफ्नो महत्व छ । पर्यटन यस्तो क्षेत्र हो जहाँ शिक्षा, स्वास्थ्य, सुरक्षा,
पूर्वाधार सबै चिजको उत्तिकै महत्वपूर्व भूमिका हुन्छ । पर्यटनको विकासमा प्राबिधिकको विशेष स्थान रहन्छ ।
यसैले हामीले सिभिल इन्जिनियरिङ र आर्किटेक्ट इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुको सहकार्यमा कोशीको
पर्यटनको प्रोजेक्ट तयार गर्न लागेका हौं । अहिले उहाँहरु ‘प्राक्टिस् मेनपावर’ हो । भोलिका दिनमा हामीले कुनै
परियोजनाको निर्माण गर्न चाहदा उहाँहरुकै सहयोग हामीलाई आवश्यक पर्दछ । यसैले उहाँहरुलाई अहिलेदेखि नै
पर्यटनप्रति चासो जगाउँदै नविन सोचको विकास गर्न प्रेरित गर्ने यस कार्यक्रमको उद्देश्य पनि हो ।
–इन्जिनियरिङका विद्यार्थीले पर्यटनको परियोजना बनाउन सम्भव छ त ?
इन्जिनियरिङ विषयमा प्रयोगात्मक शिक्षा प्रणालीको आवश्यकता पर्दछ । उहाँहरुले पढाइको दौरानमा नै परियोजना
निर्माण गरी ‘प्रोजेक्ट वर्क’ गर्नुपर्दछ । अहिलेसम्म अन्य क्षेत्रको विषयमा ‘प्रोजेक्ट वर्क’ बनाइ नै राख्नुभएको छ ।
नेपाललाई पर्यटनमय देश बनाउने हामी सबैले सपना देखेका छौं । यसैले हामीले सबै क्षेत्रलाई पर्यटनसँग संलग्न
बनाउदै लैजान आवश्यक छ । यदि हामीले पर्यटनको दिगो विकास चाहने हो भने पर्यटनको सचेतना आवश्यक पर्दछ
। पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष हामी सबै जोडिएकै छौं । अहिलेको समयमा विद्यार्थीहरुलाई पर्यटनको बारेमा
बेसिक नलेज हुन्छ । उहाँहरुले उजागर गर्नुभएको नविन सोचलाई कोशी प्रदेश सुहाउँदो छ छैन भन्ने मापन र
मार्गदर्शन हाम्रो मार्गदर्शकको टोलीले गर्नुहुन्छ । विद्यार्थीहरुले ल्याएका नविन आइडियामा उहाँहरुको विज्ञतालाई
मर्ज गरी मार्गदर्शकको गाइडेन्समा विद्यार्थीहरुले परियोजना सुहाउँदो स्थानको स्थलगत अध्ययन गरी प्रोजेक्ट
तयार गर्नुहुनेछ ।
–कस्ता खालको परियोजनाको आशा राख्नुभएको छ ?
प्रोजेक्ट तयारका लागि हामीले केही प्रावधानहरु बनाएका छौं । विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने र नयाँ नयाँ आइडिया
उजागर गर्ने उद्देश्यले प्रतिष्पर्धात्मक तरिकाले कार्यक्रमको ढाँचा निर्माण गरेका छौं । यसैले कोशी प्रदेशमा सुहाउँदो
नविनतम आइडियाहरु उजागर हुने अपेक्षा राखेका छौं ।
–प्रतिष्पर्धात्मक भन्नाले कस्तो होला ?
नेपालभरका जुनसुकै युनिभर्सिटीमा अनिवार्य सिभिल इन्जिनियरिङ वा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन
गरिरहेका विद्यार्थीले ३ देखि ५ जनाको आफ्नो टिम निर्माण गरेर सहभागिताका लागि फर्म भर्नुपर्नेछ ।
आवश्यकताअनुसार उहाँले आफ्नो टिममा व्यवस्थापन तथा आइटी विषय अध्ययन गरिरहेको विद्यार्थीलाई सामेल
गराउन सक्नुहुनेछ । सहभागी विद्यार्थीहरुलाई हामी भच्र्युल ओरियण्टेशन गर्छाै । हामीले पर्यटनका थिम बनाएका
छौं । उहाँहरुले सोही थिम अनुसार प्रोजेक्टको कन्सेप्ट पेपर तयार गरी बुझाउनुपर्ने हुन्छ । सो कन्सेप्ट पेपरको
छनौंट प्रक्रिया हुन्छ । सहभागीले आफ्नो प्रोजेक्टको प्रेजेण्टेशन गर्नुपर्ने हुन्छ । सो कन्सेप्ट पेपर र प्रेजेण्टेशनलाई
निर्णायक टिमले मार्किङ गरी उत्कृष्ट १० कन्सेप्ट पेपर छनौंट गरिन्छ । सोही १० वटा टिमलाई कन्सेप्ट पेपरमा
तोकिएको स्थानको स्थलगत सर्भे गराइ प्रोजेक्टको डमी, ड्रइङ, प्रेजेण्टेशन तयार गरी प्रदर्शनी गरिन्छ । सहभागी
टिमको उत्प्रेरणा र मनोबल बढाउने उद्देश्यले सोही प्रदर्शनीमा अवलोकनकर्ताको मार्किङ, उहाँहरुको प्रेजेण्टेशन,
निर्णायक मण्डलको मार्किङबाट प्रथम, द्धितिय र तृतिय गरी पुरस्कृत गर्नेछौं । यसैले यो एक प्रकारको
प्रतिष्पर्धात्मक परियोजना निर्माण कार्यक्रम हो भन्दा फरक पर्दैन ।
–परियोजना प्रदर्शनी कहिले, कहाँ र कति दिनको हुनेछ ?
कोशी प्रदेशको परियोजना तयार गरी सोको प्रदर्शनी २०८२ साल जेष्ठ ९ गतेदेखि ११ गतेसम्म काठमाडौंको ठमेल
नजिकै कालधारास्थित होटल जी रामायणामा प्रदर्शनी गरिनेछ । सो प्रदर्शनी ३ दिनको हुनेछ ।
–कोशीको प्रोजेक्ट तर प्रदर्शनी चाहिँ काठमाडौंमा किन ?
कोशी प्रदेशलाई केन्द्रसम्म जोड्ने हाम्रो अभियान पनि हो । पर्यटन भनेकै बाहिरबाट आफ्नो गन्तव्यसम्म पर्यटक
भित्र्याउने कार्य हो नि । यदि हामीले आफ्नो क्षेत्रलाई पर्यटनमय बनाउन चाहन्छौं भने आफ्नो क्षेत्रलाई बाहिर
प्रचारप्रसार गर्नुपर्दछ । बाहिर प्रचार ग¥यौं भने पो पर्यटक भित्रिन्छ । आफ्नो ‘चारदिवार’बाट बाहिर प्रचार गरेनौं भने
को आउछ हाम्रो क्षेत्रमा ? यसैले यस प्रदर्शनीमार्फत् हामीले कोशी प्रदेशको प्रचारका साथसाथै हामीसँग भएका
सम्भाव्यतालाई बाहिर उजागर गरी सो क्षेत्रमा प्रदर्शनी गरिएका प्रोजेक्टमा लगानीका लागि पनि आह्वान गर्नेछौं ।
यसले ‘एक तिर दो सिकार’ भन्ने उखानलाई चरितार्थ गर्नेछ ।
–लगानीकर्तालाई कसरी जोड्नुहुन्छ ?
हाम्रो कार्यक्रमको थिम नविनतम प्रोजेक्ट प्रदर्शनी हो । विद्यार्थीहरुले तयार गर्नुभएको प्रोजेक्टलाई
लगानीकर्तासम्म एक्सपोजर गरी लगानीकर्तालाई उहाँहरुसँग जोड्न पुलको कार्य गर्ने हो । हामी नीजि क्षेत्रले यस
कार्यक्रमको आयोजना गरेका हौं । हामीसँग कुनै स्रोत साधन छैन । यो हाम्रो दुष्साहस नै हो भन्दा फरक पर्दैन ।
सरकारले गर्नुपर्ने कार्य हामीले गरिरहेका छौं । सबै कार्य सरकारले नै गर्छ भनेर बस्नु नि हुदैन भन्ने लाग्छ मलाइ ।
हामीले पनि आफ्नो तर्फबाट केही गर्न आवश्यक छ । केही व्यक्तिहरुले हामीलाई हतोत्साहि गर्न पनि खोज्नुभयो ।
कतिले मनोबल बढाउन सहयोग गरिरहनु भएको छ । उहाँहरु सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अहिले
प्रदर्शनी भएका परियोजनाहरु नविनतम सोचको रोडम्यापको रुपमा तयार गर्नेछौं । भोलि कसैले सो परियोजनामा
लगानी गर्न इच्छुक हुनुभयो भने सो को डिटेलमा काम गरी निर्माण गर्न सकिन्छ । यो एउटा ‘प्राक्टिस’ पनि हो ।
विद्यार्थीहरुले पढ्दापढ्दै ‘प्रोजेक्ट लिड’ गर्न सक्ने बनाउने अभियान पनि हो ।
–यस्तो कार्यक्रमको सोच कसरी आयो र किन आवश्यक छ ?
देशको समृद्धिको आधार पर्यटन नै हो । व्यवसायिक पर्यटनको जबसम्म विकास हुदैन । तबसम्म पर्यटन–पर्यटन
भनेर चिच्याएर मात्र नि पर्यटनको विकास सम्भव हुदैन । हामीले सबै तहतप्कालाई व्यवसायिक पर्यटनमा संलग्न
गराउन सकेको खण्डमा मात्र पर्यटनको मर्म पूरा हुन्छ । यसैगरी हामीसँग पर्यटनको दीर्घकालिन गुरुयोजना छैन ।
अहिले हामीसँग तीन तहको सरकार छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय निकाय र अर्काेतर्फ नीजि क्षेत्र सबैले
आ–आफ्नै अवधारणामा कार्य गरिरहेको छ । कतै डाँडापाखा देखे भ्युटावर, कतै खोल्साखोल्सी देखे जीपलाइन, कहि
खोला सिमसार भए डुँगा यत्तिनै हाम्रो कन्सेप्ट भयो खोइ त बिबिधतायुक्त पूर्वाधार ? पर्यटकले बिबिधता नि पाएनन्
। यस्तो तालले लगानीकर्ताले पनि सोचेजस्तो लाभ लिन सक्दैनन् । यसैले सबैले तालमेल मिलाएर कार्य गर्न सके
लगानीअनुसारको लाभ लिन सकिन्छ । युवाहरुलाई यस क्षेत्रमा संलग्न गराउनु र उनीहरूमा उद्यमशीलताको
भावना विकास गर्नु पनि हो । विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीपलाई वास्तविक परियोजनाहरूमा लागू गर्ने
अवसर प्रदान गर्दछ, जसले उनीहरूको व्यावसायिक विकासमा मद्दत गर्दछ । साथै, यसले पर्यटन क्षेत्रमा नयाँ
प्रतिभाहरूलाई आकर्षित गर्दछ र भविष्यका लागि सक्षम जनशक्ति तयार गर्दछ । पर्यटनलाई दिगो रुपमा विकास
गर्न गुरुयोजना तयार गरी ‘प्लानिङ वे’ मा अघि बढ्न नि यस कार्यक्रमले अभिप्रेरित गरोस् भन्ने उद्देश्यले पनि यस
कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
–तपाइको कार्यक्रमको ढाँचाअनुसार त निकै नै बजेट लाग्छ जस्तो छ । कार्यक्रमको आर्थिक पाटो कसरी व्यवस्थापन
गर्ने योजना छ ?
हजुर हरेक कार्यक्रमका लागि आर्थिक पाटो प्रमुख तत्व हो । बिना अर्थ अहिले प्रायः केही गर्न असम्भव नै छ । यसैले
हामीले केही कम्पनीहरुमा बजेटका लागि अन’रोध गरिरहेका छौं । कार्यक्रममा उहाँहरुको प्रचारप्रसार गरिदिने र
हाम्रो कार्यक्रमलाई पनि आर्थिक सहयोग गर्ने भन्ने हिसाबले प्रायोजकका लागि अनुरोध गरिरहेका छौं ।
– कोशी प्रदेशको कार्यक्रम भन्नुभयो कोशी प्रदेश सरकारको भूमिकाचाहिँ के छ नी ?
कोशी प्रदेशले अभिभावकत्व ग्रहणका लागि अनुरोध गरेका छौं । हामीले यहाँ प्रदर्शनी भएका परियोजनाहरु प्रदेश
सरकारलाई हस्तान्तर गर्ने भन्ने सोच बनाएका छौं । उहाँहरुले आफ्नो क्षेत्रको पर्यटनका परियोजनाहरुका रुपमा
यसलाई रुपरेखाको रुपमा प्रयोग गर्न सक्नुहुनेछ । यसैगरी कुरा रह्यो आर्थिक पाटोको आशा छ पक्कै पनि उहाँहरुले
सपोर्ट गर्नु नै हुनेछ । हाम्रो होस्टेमा हैसे गर्नुहुनेछ ।
–पर्यटन बोर्डको भूमिका के छ ?
पर्यटन बोर्डमा हामीले अप्रोज गर्न पाएका छैनौं । अब उहाँहरुमा हामी चाँडै नै गएर अप्रोज गर्नेछौं ।
–आयोजकको तर्फबाट भन्नुपर्दा यस कार्यक्रमको महत्वपूर्ण पक्ष के हो ?
उत्तरः आयोजकको रूपमा भन्नुपर्दा यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष पर्यटनको बढावा हो । हामीले
पर्यटनको परियोजना निर्माणका लागि प्रतिष्पर्धात्मक सहभागिताको अवधारणा बनाएका छौं । कर्ण शाक्यज्यूले
लेख्नुभएको पुस्तक छ नी सोच, खोज र म गर्छु भन्ने सोही अनुसार विद्यार्थीहरुले प्रोजेक्ट बनाउन पूर्व सोच्ने
चोत्लिने बानीको विकास गर्छ । यसैगरी सो प्रोजेक्ट कहाँ उपयुक्त होला भनेर खोजी गर्दछन् रिसर्च गर्दछन् । र,
उनीहरुले आफ्नो प्रोजेक्ट कन्फिडेन्स भएपछि म गर्छु भनेर कन्सेप्ट पेपर तयार गर्छन् । यसले उनीहरूलाई नविन
सोच ल्याउन प्रेरित गर्छ, जसले गर्दा पर्यटन क्षेत्रमा नविनता र विकासलाई टेवा पुग्छ ।
–अन्त्यमा केही छ भन्नुपर्ने वा छुटेका कुराहरु ?
हाम्रो लक्ष्य नेपालको सबै प्रदेशको परियोजना सोकेस गर्ने हो । नीजि क्षेत्रबाट हामीले पर्यटनमा टेवा प¥याउने
उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागेका छौं । विद्यार्थीहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्न
चाहन्छु । यसैगरी यो हाम्रो एकल कार्यक्रम नभएर सिङ्गो कोशी प्रदेशको कार्यक्रम भएको हुँदा सबै कोशी प्रदेशका
व्यक्तित्वहरुलाई यसमा सक्रिय सहभागिताका लागि विनम्र अनुरोध गर्दछु । यो हाम्रो पहिलो प्रयास भएको हँुदा
पक्कै पनि केही कमी–कमजोरी, त्रुटी होला यसलाई पाठको रुपमा सिकेर भोलि अन्य प्रदेशको परियोजना निर्माणमा
सुधार गरी लानेछौं । यसैगरी सम्पूर्ण तहतप्काका महानुभावहरुलाई भौतिक, सामाजिक, आर्थिक, मानसिकरुपले
कसरी हजुरहरुबाट सम्भव हुन्छ सोही अनुसार यस कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सहयोगका लागि
विनम्र अनुरोध गर्दछु । यसैगरी देशबाट युवाहरु पलायन भइरहेका छन् । हामी सबै मिलेर दक्ष जनशक्तिलाई
पलायन हुनबाट रोक्न थोरै भएपनि भूमिका खेलौं । यसैगरी हजुरहरुको नागरिक पानामिडियालाई हृदयदेखि नै
धन्यवाद । मलाई आफ्ना भावनाहरु पोख्ने मौका दिनुभएकोमा ।