
कैलाली — कैलाली प्रहरीले लागु औषध खैरो हेरोइनसहित एक किशोरीसहित चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा छापा मार्दै उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ का २० वर्षीय सुरेश बिष्ट, भिमदत्त नगरपालिका वडा नम्बर १० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय रिजन कठायत, र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने १८ वर्षीया किशोरी आशिका सिजापती रहेका छन्।
उनीहरूविरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।