सरकार परिवर्तनको कुनै सम्भावना छैन: एमाले


काठमाडौँ,
सत्ता साझेदार दल नेकपा (एमाले) ले वर्तमान सरकार परिवर्तनको सम्भावना नदेखिएको स्पष्ट पारेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठक पछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन्।

ज्ञवालीले भने, “माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला चलाइरहनुभएको छ। यसले उहाँमा सरकारबाहिर रहँदाको कुण्ठा र पीडाबोध प्रकट गर्दछ।” उनले थपे, “हाल सरकार परिवर्तन न कतैबाट सम्भव छ, न यसको सान्दर्भिकता छ, न नै औचित्य।”

एमालेले सरकार परिवर्तनको हल्लालाई “सत्ता मोहको अभिव्यक्ति” भन्दै त्यसले अनावश्यक भ्रम सिर्जना गर्ने प्रयास भएको आरोप लगाएको छ। ज्ञवालीका अनुसार राष्ट्रिय राजनीति अहिले स्थिरता र समृद्धिको दिशामा अघि बढ्नुपर्ने समय हो, तर केही नेताहरू सत्ताप्रतिको मोहले ग्रस्त देखिएको टिप्पणी गरे।

“राष्ट्रिय सरोकारका विषय छोडेर केवल सरकार परिवर्तनको कुरा गर्नु सत्ता मोहबाहेक केही होइन,” ज्ञवालीले भने।
उनले पार्टी बैठकले यस विषयमा स्पष्ट धारणा बनाएको र आम जनतामा भ्रम फैलिन नदिन प्रेसमार्फत सन्देश दिइएको बताए।

एमालेले हालको सरकार स्थिर रहेको र कुनै पनि किसिमको परिवर्तन अहिलेको राजनीतिक परिवेशमा सम्भव नरहेको स्पष्ट पारेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको