
काठमाडौं —
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।
नयाँ मूल्यअनुसार, पेट्रोलमा प्रति लिटर रु. ३.१५ र डिजेलमा रु. २.६२ ले खरिद मूल्य घटेपछि उपभोक्ता मूल्यमा पनि समायोजन गरिएको हो।
अबदेखि पेट्रोल प्रतिलिटरमा रु. ३ र डिजेल/मट्टितेलमा रु. ३ ले घटाइएको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
नयाँ खुद्रा मूल्य (प्रतिलिटर):
• पेट्रोल:
• पहिलो वर्ग: रु. १५७.५
• दोस्रो वर्ग: रु. १५९
• तेस्रो वर्ग: रु. १६०
नेपाल आयल निगमले मूल्य घटाउने निर्णय इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार गरिएको जनाएको छ।