
दार्चुला । गाउँपालिकाकी उपाध्यक्ष सर्मिला सिँहमाथि गाउँपालिकाका विभिन्न शाखाहरू — आयुर्वेद, स्वास्थ्य तथा कृषि — बाट आफ्नो “हक” को कमिसन माग्दै आएको आरोप लागेको छ।
गाउँपालिकाका एक कर्मचारीले नाम नखुलाउने शर्तमा जानकारी दिँदै भने, “उपाध्यक्षज्यू बारम्बार यिनै शाखाहरूका कार्यक्रम र बजेट सम्बन्धी निर्णयहरूमा चासो देखाउँदै आफूलाई पनि भाग चाहिएको स्पष्ट रूपमा बताउनुहुन्छ।”
उनका अनुसार उपाध्यक्ष सिँहले आफन्त र निकटस्थ व्यक्तिहरूलाई प्राथमिकता दिने प्रयास गर्दै आएको र कुनै कार्यक्रम स्वीकृत गर्दा पनि भागबन्डाको कुरो अघि सारेको आरोप छ।
स्थानीय तहमा जनप्रतिनिधिहरूद्वारा यस प्रकारको आचरणले जनताको विश्वासमा आँच आउने भन्दै सेवाग्राहीहरू पनि असन्तुष्ट देखिएका छन्।
हालसम्म उपाध्यक्ष सिँहले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएकी छैनन्। यद्यपि, यस्ता आरोपहरू यथार्थ भएमा अनुसन्धानको माग समेत उठ्न थालेको छ।
स्थानीय सरकारका कार्यक्रम पारदर्शी र जनमुखी बनाउन जनप्रतिनिधिहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने स्थानीयवासीहरू बताउँछन्।