कमिसन लिएको गल्ती स्वीकार गर्दै मार्मा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला सिंहले जनतासँग माफी मागिन्


मार्मा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला सिंहले गाउँपालिकाको विभिन्न शाखाबाट कमिसन लिएको गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा जनतासँग माफी मागेकी छिन्।

सिंहले सामाजिक सञ्जालमार्फत सार्वजनिक विज्ञप्ति जारी गर्दै विगतमा आफूसँगबाट भएका कार्यगत त्रुटिहरूको जिम्मेवारी लिँदै भविष्यमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

विज्ञप्तिमा सिंहले स्पष्ट रूपमा भनेकी छन्, “म पालिकाको जिम्मेवार पदमा रही गर्दा केही शाखाबाट अनावश्यक कमिसन लिएको छु, जुन मेरो व्यक्तिगत कमजोरी हो। अबदेखि म आफूलाई सुधारेको छु र यसप्रकारका गल्तीहरू दोहोरिन दिने छैन।”

उनी थप लेख्छिन्, “जनप्रतिनिधि भएर जनताको सेवा गर्नु मेरो कर्तव्य हो। मेरो गल्तीबाट जो–कोही आहत हुनु भएको छ भने म गहिरो आत्ममन्थन गर्दै सबैजनासँग क्षमा याचना गर्दछु।”

उनको यो सार्वजनिक क्षमायाचना पछिल्लो समय गाउँपालिकामा देखिएको असन्तुष्टि र आरोपहरूपछि आएको हो। स्थानीयस्तरमा भ्रष्टाचारविरुद्धको आवाज तीव्र बन्दै गएको सन्दर्भमा सिंहको माफीलाई साहसिक कदमका रूपमा लिइएको छ।

हालसम्म गाउँपालिका अध्यक्ष वा अन्य पदाधिकारीको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको