काठमाडौं, वैशाख ११ – नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारले आफैंमाथि नै अविश्वास प्रकट गरिरहेको आरोप लगाएका छन्। सुशासनको सवालमा सरकार गम्भीर नभएको संकेत गर्दै उनले फेसबुकमा लेखेका छन् – “सरकारले आफैले आफैलाई किन विश्वास नगरेको ? जसले सुशासन दिने हो, उसैले आफै माथि सुशासन आयोग?”
भण्डारीको उक्त टिप्पणी पछिल्लो समय सरकारले गठन गरेको सुशासन आयोगप्रति संकेत गरिएको ठानिएको छ। उनले थप लेखेका छन्, “अब त अति भयो !!! कहिले कसको सरकार? प्रश्नमाथि प्रश्न खेल्नु भन्दा पनि नयाँ उत्तरकारीहरू अगाडि बढ्नु पर्दछ होला!” भन्ने भनाइमार्फत वर्तमान राजनीतिक नेतृत्वको आलोचना गरेका छन्।
उनको स्टाटसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। केहीले यसलाई सरकारप्रति जनआक्रोशको प्रतिविम्ब मानेका छन् भने कतिपयले नयाँ राजनीतिक विकल्पको खाँचो औंल्याउने संकेतका रूपमा पनि हेरेका छन्।
नेता भण्डारीको यस्तो धारणा नेपाली राजनीतिमा बढ्दो असन्तुष्टि र सत्ताप्रति चर्किंदो आलोचना झल्काउने संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !