बुढानिलकण्ठमा मोइ थाई नेपालको इएफएस फाइट नाईट ६ प्रतियोगिता संचालन हुदै


लक्ष्मण सिह रोकाया
१० वैसाख,काठमाण्डौ

वुढानिलकण्ठ नगरपालिका वार्ड नं. १ को आयोजना तथा मोइ थोई नेपालको सहकार्यमा इएफएस फाइट नाईट ६ प्रतियोगिा संचालन हुने भएको छ । जसमा महिला सुपर फ्लाईवेइट मा डव्लविसि मोइ थाई नेसनल च्यापियन्सको लागि प्रतिस्पर्धा हुनेछ । वुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियार होटेलमा संचालन हुने प्रतियोगितामा पाँच प्रदेश र एक्काईस जिल्लाका खेलाडिहरुले विभिन्न १५ जिमका ३० उत्कृष्ट खेलाडी जसमध्ये एपिफ तथा नेपाल आर्मीका खेलाडीहरुले समेत आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन ।

वल्र्ड वाँक्सिङ काउन्सिल अन्तरगत २००४ मा स्थापना भएको डव्लबिसि मोइ थाई एउटा गैरनाफामुखी संस्था हो । जुन विश्वव्यापी रुपमा पेशेवर मोइ थाई खेलाडिहरुको विकासमा समर्पित छ । यस संस्थाको मुख्यालय बंैकक, थाइल्याण्डमा अवस्थित छ । डव्लबिसि मोइ थाई नेपाल २७ अगस्त २०२१ मा बुढानिलण्ठ नगरपालिका ०५, काठमाण्डौमा स्थापाना भएको हो । जसको उद्देश्य नेपालको मोइ थाई स्तरलाई नयाँ उचाईमा पुर्याउनु रहेको छ ।्
यस प्रतियोगिताको मुख्य उद्देश्य नेपाल भरी कम्वाड स्पोट्स संस्कृति प्रवर्ददधन गर्नु , देश भित्रै पेशेवर खेलाडीहरु विकास गर्नु, शीर्ष खेलाडीहरुलाई अन्तर्राष्ट्यि प्रतियोगितामा सहभागि गराउन पारदर्शी र्या ङकिङ प्रणाली लागू गर्ने, राष्ट्यि तथा अन्तर्राष्ट्यि च्याम्पियनशिप आयोजन गर्नु,मोइ थाई खेलाडीहरुको जीवनस्तर उकास्नु र प्रतियोगिता मार्फत महिलाहरुको सशक्तिकरणमा योगदान गर्ने लक्ष्य लिएको आयोजकले वताउनु भएको छ ।
कार्यक्रममा जम्मा १५ खेल रहने छन जसमा ३ प्रोफेसलन मोइ थाई रुल्स, ३ प्रोफेसनल वाँक्सिङ रुल्स र ९ वटा प्रो एमेचर मोइ थाई रुल्स हुनेछ । विशेष टाइटल फाइट मिस रजिना बिष्ट भर्सेस मिस शुस्मिता थापा मगर विच हुनेछ । कार्यक्रम २६ अप्रिल २०२५ का दिन हुने आयोजक तथा वुढानिलकण्डठ वार्ड नं. १ अध्यक्ष सुरेन्द्र लामाले वताउनु भएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको