काश्मिर हत्याकाण्डपछि भारतको कडा निर्णय : पाकिस्तानमाथि कठोर प्रतिबन्ध


नयाँ दिल्ली – काश्मिरको पुलवामा जिल्लामा भएको भीषण हत्याकाण्डपछि भारत सरकारले पाकिस्तानविरुद्ध एकपछि अर्को कठोर निर्णयहरू सार्वजनिक गरेको छ। भारतीय सुरक्षाकर्मीमाथि भएको आक्रमणमा दर्जनौं जवानको ज्यान गएपछि भारत सरकार कडा रुपमा प्रस्तुत भएको हो।

सरकारद्वारा घोषणा गरिएका प्रमुख निर्णयहरू यस प्रकार छन्:

  1. सिन्धु जल सम्झौता रोक्ने निर्णय – भारतले पाकिस्तानसंगको दशकौँ पुरानो सिन्धु जल सम्झौतालाई स्थगन गर्ने घोषणा गरेको छ। यसले दुई देशबीचको जल साझेदारीमा गम्भीर असर पार्नेछ।
  2. अटारी सीमाबाट आवतजावत बन्द – भारतले पञ्जाबस्थित अटारी–वाघा नाकाबाट हुने सम्पूर्ण नागरिक आवतजावत तत्कालका लागि पूर्ण रुपमा रोक्ने निर्णय लिएको छ।
  3. पाकिस्तानीहरूलाई भिसा प्रतिबन्ध – अबदेखि पाकिस्तानी नागरिकहरूका लागि भारतको भिसा बन्द गरिनेछ। जुनसुकै प्रयोजनका लागि पनि नयाँ भिसा जारी गरिने छैन।
  4. पाकिस्तानी नागरिकलाई भारत छाड्न ४८ घण्टा – हाल भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिइएको छ।
  5. दूतावास बन्द गर्ने निर्णय – भारतले इस्लामाबादस्थित भारतीय दूतावास र दिल्लीस्थित पाकिस्तानी दूतावास दुवै बन्द गर्ने निर्णय गरेको छ। यसका साथै दुवै देशका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरिएको छ।
  6. पाकिस्तानी कूटनीतिज्ञलाई ७ दिनको समय – भारतमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूलाई सात दिनभित्र भारत छोड्न निर्देश दिइएको छ।

यी सबै निर्णयहरू भारत सरकारले देशको आन्तरिक सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न लिएको जनाएको छ। भारतको यो कदमले क्षेत्रीय सम्बन्धमा गम्भीर असर पार्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

– सम्वाददाता


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको