“गोबिन्द कुइँकेल: पर्दा भित्रै रमाउने सफल गीतकार”- डा. दामोदर रेग्मी, प्रशासनविद तथा गीतकार


हामी सवै यी गीतहरुसंग परिचित नै छौं । यी मध्ये कैयन गीतहरु त श्रोताले गुन्गुनाउदै हिड्ने  गरेको पाइन्छ जसमा गायक दिप श्रेष्ठले गाउनु भयको कृति न्यौपानेको संगीतमा रहेको पानी बग्यो खोलै खोला, बगर प्यासी भो टुलु टुलु हेर्छ किनार, नजर दोषी भो, सुजाता बर्माले गाउनु भएको कृति न्यौपानेको संगीत रहेको चन्द्रमामा दाग छ हजुर, सूर्यमानी खोट होला । मुस्कुराउदै हिडे पनि, म भित्रनी चोट होला ।। तथा तिमी सूर्यमुखी फूल हौ, म हुँ पारिजात । सूर्य संगै फूल्छौ तिमी, म पर्खन्छु रात ।। प्रताप दास र अनु चौधरको स्वर डिबी लामाको संगीतमा रहेको मन दियौ मुटु दियौ, माया दियौ मलाई । थाहै नपाई माया बस्यो, जीवन दियौ मलाई ।। आनन्द कार्की र मिलन नेवारको आबाज शिखर सन्तोषको  संगीतमा रहेको यहाँ माया बेचिन्छ बिश्वास बेचिन्छ । धोका र घृणाले सिमाना मिच्दैछ भूलेरै नगर्नु यहाँ माया कसैलाई यहाँ ईमान बेचिन्छ जमान बेचिन्छ । दिबाकर शर्माको स्वर र राजु सिहको संगीतमा रहेको अब मायाको कुरा गर्दै नगर्नु, कहानी भै सक्यो । तिमीले जलाउन खोजेको मान्छे खरानी भै सक्यो ।। जस्ता चर्चित गीतका रचनाकार हुन गोबिन्द कुइँकेल । गोबिन्द कुइँकेल एक सफल गीतकार हुन् ।  यसका अलाबा  उनले लेखेका सयौ गीतहरुमा राजु सिंहको संगीतमा दिबाकर शर्माको आवाज रहेको मैले बसाई सरेपछि तिम्रो चित्त दुःख्यो अरे, लत्याएर छोडे पछि भन आफै के भूल गरे, डिबि लामाको संगीतममा स्वरुपराज आचार्यले गाएको नशादेखि टाढै बस्नु भन्थ्यौ तिमी साथ हुँदा, नशा आज प्यारो भयो तिमीले साथ छोदिदिदा  र स्वरुपकै आबाजमा रहेको  आँसु झर्छ किन आज यो मन रोयर पो हो की ? ,यिनकै संगीतमा मेलिना राईले गायको सिउदो तिमीले भरे पनि मुटु अन्तै साटेकी थे, त्यो सिन्दुरको के अर्थ भो बाध्यतामा फसेकीथे,लामाकै संगीतमा प्रताप दास र अनु चौधरीले गायको भन तिमी के माग्छ्यौ र देखे पछी तिमीलाई भेटे पछी तिमीलाई,  प्रताप दास र समिक्षा अधिकारीको स्वर रहेको नजिकै आउन माया लाउन, एकै छिन भयनी अंगालोमा बाधुन, किरण  भूजेल र अस्मिता अधिकारीको स्वरमा रहेको चल्यो चल्यो बतास चल्यो मेरो केश उडायो, रचना रिमालको स्वरमा रहेको माया थियो भनौ भने बिचमै टुगीयो, धोका भोकी खै के भयो सिउदो पुछियो । यीनकै संगीतमा आनन्द कार्की र बिमला राई अनुपा को स्वर रहेको आँखा भरी तिम्रै छाँया, मुटु भरी तिम्रै माया र पुष्कर सुनुवारको संगीतमा बेनिशा पौडेल  र पुष्कर सुनुवारको स्वर रहेको तिम्रो मुटु मेरो घर हो प्रिय, अनु चौधरीको माया गर्नु दु;ख बाड्नु पाप हुदो रैछ , प्रबिण बेडवालको बाटो नमोडु भन्थे पाईला अघी बढेछन झार्दिन आँसु भन्थे गह भिजी सकेछन ।  पुष्कर सुनुवारकै संगीतमा अन्जु पन्त र नेपाल आईडल बिजेता करन परियारले गायको  तिम्रै लागी खुशी खोज्न सयौ जंघार तरे हुंला, त्यो ओठमा मुस्कान देख्न कयौ कष्ट सहे हुंला । यस्तै मार्मिक र हृदय स्पर्शी गीतहरुका सर्जक हुन गोबिन्द कुइँकेल । कुइँकेलका सिर्जनाहरु प्रायः मायाप्रेम,मिलन बिछोड र जिन्दगीका वास्तबिक भोगाईमा केन्द्रित भएको देखिन्छन । उनका गीतको भाव स्वर र संगीतमा अति नै तालमेल भएको पाइन्छ ।

पाश्चात्य संगीतको नक्कल गर्ने होडबाजी भइरहेको समयमा नेपाली मौलिक र मार्मिक शब्द चयनगरी सिर्जना गर्नुलाई सामान्य मान्न सकिन्न । कुइँकेल भने आज चर्चित भएर भोलि मेटिने भन्दा दीर्घकालिन तर मौलिक शब्दहरु सँग खेलिरहेका छन ।यो नै उनको विशेषता हो। आधुनिक गीतका अलावा कुइँकेलले लोक भजन पनि कोरेका छन । राजेन्द्र श्रेष्ठको स्वर संगीतमा रहेको कृष्ण तिम्रो बासुरीको धुन सुनाईदेउन, मरे पछि मुक्ती मिल्ने बाटो देखाई देउन, चर्चित भजन जय जय माता स्वस्थानी प्रभुकै चरणमा पर्यौ हामी गर्छौ भक्ति जानी नजानी लगायतका छन । नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखि निरन्तर संघर्ष गरिरहेका तर  चर्चामा आउन पनि नचाहने आशा लाग्दा गीतकार हुन गोविन्द कुइँकेल । उनी चर्चामा छैनन तर धेरै चर्चित संगीतकार तथा गायकहरु मार्फत आफ्ना सिर्जनाहरु श्रोतामाझ भने पस्कि सकेका छन । चर्चाको भोक भन्दा पनि गुणस्तरयुक्त गीत सिर्जना उनको ध्येय बनिरहेको छ । नेपालका चर्चित संगीतकारहरु उदय शमशेर राणा, शिखर सन्तोष, शक्ति बल्लभ, राजु सिंह, कृती न्यौपाने, डीबी लामा, प्रमोद निर्माण, पुष्कर सुनुवार लगायतका संगीतकारहरु तथा चर्चित गायक गायिकाहरु आनन्द कार्की मिलन नेवार, सूजाता बर्मा, स्वरूप राज आचार्य, दिबाकर शर्मा, मेलिना राई,प्रताप दास,अनु चौधरी र अस्मिता अधिकारी, समीक्षा अधिकारी,किरण भूजेल,बेनिशा पौडेल,रचना रिमाल, दिप श्रेष्ठ, अन्जु पन्त, करन परियार, बुद्ध लामा सुरेश लामा रोजिना बस्नेत जस्ता नयाँ पुराना गायक गायीकाले उनका गीतहरुमा स्वर भरेका छन । नेपाली साँगितिक बजारमा नेपाल आईडल बिजेता करन परियारको स्वरमा रहेको ” तिम्रै लागी खुशी खोज्न सयौ जंघार तरे हुंला । त्यो ओठमा मुस्कान देख्न कयौ कष्ट सहे हुंला ”  बोलको गीत चर्चामा रहिरहेको छ । विगतमा नेपाली गीतहरु श्रीजना गरिदा शब्द, लय, ताल चयनमा अति ध्यान दिने गरिन्थ्यो । शब्द, संगीत, स्वर छनौटको लागी रेडियो नेपालमा एक बोर्ड नै हुने गर्दथ्यो र सोही बोर्डको स्वीकृति पश्चात गीत रेर्कड हुने र संगीत बजारमा बल्ल प्रबेश हुने सौभाग्य पाउथे । यसरी कडा परिश्रमका साथ तैयार भएको गीत बल्ल श्रोता माझ आईपुग्थ्यो, फलस्वरुप गीतहरु कर्णप्रिय र सदाबहार हुने गर्दथ्यो । माधव घिमिरे, रत्न शमशेर थापा, काली प्रसाद रिजाल, दिनेश अधिकारी, हरिभक्त कटुवाल, नागेन्द्र थापा, भोला रिजाल, यादव खरेल, भैरवनाथ रिमाल जस्ता अनगिन्ती गीतकारका शब्दहरुलाई उदाहरणकोरुपमा लिन सकिन्छ । संगीतकारहरुमा गोपाल योन्जन, अम्बर गुरुङ, शम्भुजित बास्कोटा, उदय शमशेर, दिपक जँगम, नातिकाजी जस्ता अनगिन्ती संगीतका श्रष्टाहरु छन । जसका शब्द संगीतलाई आज कालजयी सदाबहार गीतको उपमा मिलेको छ । पछिल्लो समय गोबिन्द कुइँकेलका शब्दहरु त्यस्तै त्यस्तै सदाबहार छन । कुइँकेलका गीतहरु चर्चित छन तर सर्जक स्वयं भने चर्चा खोजी हिडिरहेका छैनन । एफएम,रेडियो लगायतले गीत बजाउंदा गायकको मात्रै नाम लिन्छन तर शब्द र संगीत सर्जकको नाम लिन हिच्किचाउंछन । यस बारेमा कुइँकेल संग सोघनी गर्दा उनी हास्दै भन्छन मलाई यसैमा आनन्द आउँछ । गाडी चढिरहेको बेला आफ्नै गीत बज्दछ संगै सिटमा बसेको मान्छे गीतमा स्वर मिलाउदै गुनगुनाउछ तर उ संगै सिटमा बसेको सर्जक चिन्दैन त्यो आनन्द पो स्वर्णिम आनन्द हो यस मै खुशी छु । अर्को कुरा उनी नेपाल सरकारकारका सेवामा रहेका कर्मचारी पनि हुन बिशुद्ध प्राबिधिक सेबाका । उनलाई एकपटक कामको सिलसिलामा एकजना लेखक सचिबले बोलाएछन केही कुरा बुझ्न भनेर जादा पिए ले करिब आधाघण्टा  कुराएछन । बल्ल भेट्ने  पालो आएछ कुरा हुँदै गर्दा अर्का कर्मचारी छिरेर ओहो गीतकारनी आउनु भएको रहेछ भन्दा साहित्य अनुरागी सचिबज्यूले काम सकिएपछि अरु थप समय गीत संगीतको कुरा पो गर्न थालेछन त्यो क्षण मेरो लागि अति नै खुशीको क्षण रह्यो उनी खुशी हुदै आफ्नो अनुभूति यसरी व्यक्त गर्दछन् । पछी उनकै गीतको बिषयमा ” गीत संगीतको अथक श्रष्टा गीतकार गोबिन्द कुइँकेल” भनेर एउटा अनलाईन पत्रिकामा लेख नै लेखेछन । यो भन्दा खुशीको क्षण के नै होला र  तर कोही कोही माथिल्ला श्रेणीका अफिसरहरुले चाही बुझेरै पनि श्रष्टाको सम्मान गर्न जान्दैनन खयर जे सुकै होस सम्मान गर्नेले गरेकै छन  श्रीखण्ड भनेर चिन्नेले आराध्यदेब श्री पशुपतीनाथलाई चन्दन चढाउछन नचिन्नेले खुर्पामा बिढ हाल्छन  यस्तै छ यहाँको चलन  कुइकेल आफ्नो खुशी र दुख एकै साथ यसरी व्यक्त  गर्दछन्। मेरो पनि गीतकार कुइँकेल संग अलि  पछी नै चिनजान भएको हो तर जव देखि चिनजान भयो उनको नाम सदा श्रध्दाले लिन मन लाग्दछ ।शायद चन्द्रमामा दाग छ हजुर, सूर्यमानी खोट होला  मुस्कुराउदै हिडे पनि, म भित्रनी चोट होला भन्ने गीतकार चोट सहदै मुस्कुराउन सिकेका छन् र अरुलाई पनि सिकाएका छन् ।

डा. दामोदर रेग्मी,  प्रशासनविद तथा गीतकार हुन् उनी प्रोलिफिक लेखक पनि हुन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको