गोदालीमा मोटरसाइकल दुर्घटना : शिक्षा अधिकृत केशव राज ओझाको निधन


दार्चुला — दार्चुला जिल्लाको लेकम गाउँपालिका-४ गोदालीमा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ।

प्राप्त जानकारी अनुसार, वडा नं. ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगाले ओझालाई पिठ्युँमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीका अनुसार, अधिकृत ओझाको निधनले गाउँपालिकाको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। ओझा एक जिम्मेवार, कर्मठ र समर्पित कर्मचारीका रूपमा चिनिन्थे।

उक्त दुर्घटनाले गाउँपालिकाका कर्मचारी, विद्यार्थी तथा स्थानीयवासीलाई स्तब्ध बनाएको छ।

शोक सन्देश

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको