वासिङ्टन: भारतको ‘अपरेशन सिन्दूर’मा ट्रम्पको प्रतिक्रिया, भारत–पाकिस्तान तनावलाई बताए ‘लज्जास्पद’


वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतद्वारा सञ्चालन गरिएको ‘अपरेशन सिन्दूर’मा पहिलो प्रतिक्रिया दिएका छन्। उनले भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थालाई “लज्जास्पद” भनेका छन्।

मंगलवार साँझ ओभल अफिसमा आयोजित एक समारोहका क्रममा ट्रम्पले आफूलाई भर्खरै थाहा भएको जनाउँदै भारतले पाकिस्तानमा हमला गरेको बताएका छन्।

भारतीय सेनाले बुधबार बिहानै पाकिस्तानअधिकृत कश्मीर (PoK) मा रहेका आतङ्ककारी ठिकानाहरूमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत सटीक हमला गरेको थियो। यो हमला पहलगाममा भएको बर्बर आतङ्कवादी आक्रमणको जवाफस्वरूप गरिएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले क्षेत्रीय शान्तिका लागि सबै पक्षलाई संयम अपनाउन आग्रहसमेत गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको