डा. भीम रावलको कटाक्षपूर्ण स्टाटस: भूमिसुधार विधेयकप्रति गम्भीर प्रश्न उठाउँदै सत्तालाई घोचपेच


काठमाडौं,–  पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारप्रति कटाक्ष गर्दै भूमि हदबन्दी नाघेका जग्गा बेच्न सकिने विधेयकको कडा आलोचना गरेका छन्।

उनले हालै संसदमा पेश भएको सो विधेयकले वामपन्थी विचारधाराको मर्मविपरीत रहेको भन्दै व्यंग्यात्मक शैलीमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको आलोचना गरेका हुन्।

फेसबुक स्टाटसमा डा. रावलले लेखेका छन्, “राजा महेन्द्रले २०२१ सालमा जमिन्दारी र सामन्ती प्रथा अन्त्य गर्न भूमिसुधार कार्यक्रम लागू गरेका थिए। २०२८ सालमा ‘सामन्तलाई नगिडी आउँदैन है जनवाद’ भन्ने नारासहित झापाका जमिन्दार धर्मप्रसाद ढकालको हत्या गरिएको थियो। सोही आन्दोलनका अभियुक्त के.पी. ओली १४ वर्ष जेल बसेर आएका थिए। आज उनी नै प्रधानमन्त्री भएर हदबन्दीभन्दा बढी जग्गा बेच्न पाउने विधेयक संसदमा ल्याउँदा, मार्क्स र लेनिन जीवितै भएका भए, ओलीविरुद्ध क्रान्तिको घोषणा गर्थे कि? लाजले नेपालमै कहिल्यै नफर्कने कसम खाँन्थे कि?”

उनले थप लेखेका छन्, “राजा महेन्द्र जीवित रहेमा उल्टै कम्युनिष्ट भनाउँदाहरूलाई नै भूमिसुधार चाहिएको रहेनछ, जमिन्दारहरूलाई व्यर्थै चिढ्याएको रहेछ भनेर पश्चात्ताप गर्थे होलान्।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको