गृहमन्त्री रमेश लेखकद्वारा सगरमाथा आधार शिविरको अवलोकन, पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमको प्रतिबद्धता


सोलुखुम्बु,— गृहमन्त्री रमेश लेखक आज सोलुखुम्बुस्थित सगरमाथा आधार शिविर (बेसक्याम्प) पुग्नु भएको छ। वहाँले उक्त अवलोकन भ्रमणको क्रममा आरोहीहरूको अवस्था तथा शान्ति सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष जानकारी लिनु भएको छ।

आरोहीहरूसँग प्रत्यक्ष संवाद गर्दै गृहमन्त्री लेखकले सगरमाथा क्षेत्रको सुरक्षा व्यवस्थाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्नु भयो। उहाँले हिमाली पर्यटक क्षेत्रको समग्र विकास र प्रवर्द्धनका लागि संघीय सरकारले विशेष कार्यक्रमहरू ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

यस अवलोकन भ्रमणलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र पर्यटन व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्। सगरमाथा क्षेत्र नेपालको गौरवको शिखर मात्र नभई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्य पनि भएकाले यहाँको समुचित व्यवस्थापन र प्रवर्द्धन अत्यन्त आवश्यक रहेको उहाँले जोड दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको