
उरुग्वे— संसारकै सबैभन्दा गरिब राष्ट्रपति भनेर चिनिने उरुग्वेका पूर्व राष्ट्रपति होसे मुहिकाको निधन भएको छ। ८९ वर्षीय मुहिकाको निधनसँगै एक गुरिल्ला लडाकुबाट राष्ट्रनायकसम्मको प्रेरणादायी यात्राको अन्त्य भएको छ।
मुहिका उरुग्वेको वामपन्थी राजनीतिक आन्दोलनका अग्रणी नेता मात्र होइनन्, उनले सादगी, इमानदारी र जनताको सेवामा समर्पित जीवनशैली अपनाएर विश्वभरका नेताहरूका लागि उदाहरणीय छवि निर्माण गरेका थिए। राष्ट्रपति हुँदा पनि उनीले तलबको ठूलो भाग गरिब र समाजसेवामा खर्च गर्थे र सामान्य किसानजस्तै झुपडीमा बस्दथे।
उहाँको जीवनदर्शन, न्यूनतम उपभोग र सामाजिक समानताको पक्षमा उभिएको नीतिले बामपन्थी विचारमा आस्था राख्नेहरूका लागि अमूल्य प्रेरणा दिएको थियो।