श्रममन्त्री भण्डारी र मलेसियाका मन्त्री किओङबीच द्विपक्षीय भेटवार्ता


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र मलेसियाका मानव संसाधन मन्त्री स्टीभन सिम ची किओङबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

उक्त भेटवार्ता अन्तर्राष्ट्रिय श्रम सम्मेलन (ILC 2025) को अवसरमा जेनेभामा आयोजित साइडलाइन कार्यक्रममा भएको हो। मन्त्री भण्डारीले मलेसिया सरकारलाई नेपाली श्रमिकहरूलाई व्यापक रुपमा रोजगारीको अवसर उपलब्ध गराएकोमा आभार प्रकट गरे।

भेटवार्तामा मन्त्री भण्डारीले भविष्यमा श्रम क्षेत्रमा दुवै देशबीचको सहकार्यलाई थप मजबुत बनाउने र पारस्परिक सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका थिए।

उक्त अवसरमा मन्त्री भण्डारीले मलेसियाली समकक्षी स्टीभन सिम ची किओङलाई नेपाली कला–संस्कृतिको प्रतीकस्वरूप “मिथिला पेन्टिंग” को मायाको चिनो समेत प्रदान गरेका थिए।

श्रम क्षेत्रको आपसी सहकार्य, श्रमिकको हक र सुरक्षालाई प्राथमिकतामा राख्दै अगाडि बढ्न सहमत भएका दुबै देशका मन्त्रीहरूबीचको यो छलफल नेपाल–मलेसिया सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको