केन्टकी: -अमेरिका स्थित नेपाल राजदुतावास वासिंडटन डि.सी.ले केन्टकी राज्यको Winchester र ओहायो राज्यको ओहायो राज्यको कोलम्वसमा कन्सुलर सेवा शिविर संचालन गर्दैछ ।
वासिंटन डि.सी. स्थित दुतावासले दिदै आएको कन्सुलर शिविर सुबिधा अब केन्टकीवासी तथा यसको आसपासकालाई मध्यनजर गर्दै शिविर संचालन गर्ने भएको छ । उक्त शिविरमा राहदानी र अन्य कागज पत्र सम्बधी सुबिधा लिन सक्ने जानकारी छ।
उक्त कार्यक्रम एन आर एन ए केन्टकी च्यप्टरको मुख्य आयोजनामा केन्टकीमा संचालन भैरहेको कुरा एन आर एन ए केन्टकी च्याप्टरका सदस्य तथा सक्रिय सामाजिक व्यक्तित्व सेल्वा लामा ज्यूले जानकारी दिनु भयो।
कन्सुलर घुम्ति शिविर मार्फत सेवा सुविधा लिन ईच्छुक जो कोहिले उक्त शिविरबाट सहजै सुविधा लिन सक्ने कुरा पनि अवगत गराउनु भयो ।
दुतावासले दिदै आएको घुम्ति शिविर केन्टकीमा दोस्रो पटक आउदैछ अघिल्लो पटक केन्टकीवासी मात्र नभै अन्य राज्यकाहरुले पनि सेवा सुविधा लिएका थिए भने यस पटक पनि धेरैले सेवा सुविधा लिनेमा केन्टकी च्यप्टर आशावादी छ केन्टकी राज्य र यसको आसपासका राज्य तथा पायक पर्ने जो कोहिले पनि सहजै सुविधा लिन सक्नु हुनेछ र त्यसको सुविधाका निम्ति सम्पूर्ण व्यवस्था गरिनेछ ।
केन्टकी राज्य तथा ओहायो राज्यमा यो सुविधा संचालन हुदैछ थप जानकारीका लागि फ्लाएर हेर्न हुन अनुरोध छ ।
संयुक्त राज्य अमेरिकाको Winchester, Kentucky शहरमा र Columbus, Ohio शहरमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना | Embassy of Nepal Washington DC
https://us.nepalembassy.gov.np/content/17/essential-notice-of-the-usccheshtar–kentucky–in/

