छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय पथरैयाद्वारा यस शाखाकी सदस्य सरुदेबी कामीका पतिको निधनपश्चात ऋणी बीमा मार्फत बिमा दाबी रकम हस्तान्तरण गरिएको छ।
शाखा प्रबन्धक हरिचन्द्र भट्टले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले बिमा दाबी रकम रु ७८,५०० घरमै पुगेर सरुदेबी कामीलाई हस्तान्तरण गर्नुभयो।
रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्यहरू तथा गाउँका अन्य स्थानीयबासीहरूको पनि उपस्थिति रहेको थियो।
सो अवसरमा शाखा प्रबन्धक भट्टले संस्थाले विपद्को अवस्थामा सदस्य परिवारलाई सहजीकरण गर्न निरन्तर प्रतिबद्ध रहेको बताउँदै मृतक आत्माको चिरशान्तिको कामना गर्नुभयो र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

