लिपुलेक व्यापार विवादमा भारतको स्पष्ट प्रतिक्रिया : सिमा सम्बन्धी नेपालका दावी अस्वीकार्य


नयाँ दिल्ली, भारत — भारतको विदेश मन्त्रालयले लिपुलेक दर्राबाट भारत र चीनबीच पुनः सुरु भएको सिमाव्यापारबारे नेपाल सरकारको प्रतिक्रिया प्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।

सरकारी प्रवक्ता श्री रणधीर जैसवालले एक विज्ञप्तिमार्फत भारतको पक्ष स्पष्ट पार्दै भने, “नेपालको परराष्ट्र मन्त्रालयद्वारा व्यक्त टिप्पणीहरू हामीले अवलोकन गरेका छौं। भारत र चीनबीच लिपुलेक दर्राबाट व्यापार सन् 1954 देखि नै चलिरहेको छ र यो ऐतिहासिक रूपमा स्थापित व्यवस्था हो। कोभिड महामारी र अन्य कारणले यो व्यापार केही समय अवरुद्ध भए पनि दुवै पक्षले अब पुनः सुरु गर्न सहमति जनाएका छन्।”

भारतले नेपालका सिमा सम्बन्धी दाबीहरूलाई अस्वीकार गर्दै तिनीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको स्पष्ट पारेको छ। “कुनै पनि एकपक्षीय, कृत्रिम सिमाना विस्तार स्वीकार्य छैन,” विज्ञप्तिमा भनिएको छ।

तर, भारतले नेपालसँग बाँकी रहेका सिमा सम्बन्धी विवाद समाधान गर्न संवाद र कूटनीतिक माध्यमबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाएको छ।

यस विवादमा भारतको आधिकारिक धारणा आएसँगै क्षेत्रीय राजनीति र भारत–नेपाल सम्बन्धमा थप चासो बढ्ने देखिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको