दार्चुला — ऐतिहासिक लटिनाथ मन्दिरको जग्गा अतिक्रमणबारे अख्तियारको पत्राचारपछि समेत जिल्ला प्रशासन कार्यालय दार्चुलाले ठोस कदम नचालेको भन्दै स्थानीयवासी आक्रोशित छन्।
२०७८ माघमा प्रशासनले अवैधानिक संरचना हटाउन निर्देश दिए पनि अझै कारबाही अघि नबढ्दा अतिक्रमण मौलाउँदै गएको छ। जनताले अबिलम्ब संरचना हटाई मन्दिरको मौलिकता जोगाउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया !