कम्पिटेन्सी फ्रेमवर्क (Competency Framework) भनेको संगठनले आफ्ना कर्मचारी विशेष गरी नेतृत्व तहका लागि आवश्यक पर्ने ज्ञान (Knowledge), सीप (Skills), व्यवहार (Behaviors) र मनोवृत्ति (Attitudes) लाई स्पष्ट रूपमा व्यवस्थित गर्ने संरचना हो। यसले “कसरी राम्रो काम गराउने भन्ने प्रश्नको व्यावहारिक समाधान दिने गर्दछ। यसरी कुन पदका लागि कस्तो क्षमता चाहिन्छ र त्यो कसरी मापन गर्ने भन्ने प्रणाली नै कम्पिटेन्सी फ्रेमवर्क हो। अबको युगमा “पद होइन, क्षमता” को आधारमा नेतृत्व चयन गर्ने प्रवृत्ति बलियो हुँदै गएको छ।पारदर्शी, उत्तरदायी र परिणाममुखी शासनका लागि कम्पिटेन्सी-आधारित प्रणाली अपरिहार्य भइसकेको छ। यस सन्दर्भमा कम्पिटेन्सी फ्रेमवर्क आधुनिक सार्वजनिक प्रशासनको आधारभूत उपकरण हो। संयुक्त राष्ट्र संघ लगायत विश्वका विकसित प्रशासनिक प्रणालीहरूले यसलाई नेतृत्व छनोट, मूल्याङ्कन र विकासको आधार बनाएकाका छन्। Competency Framework को नेपाली रूपान्तरण सन्दर्भ अनुसार केही फरक–फरक रूपमा प्रयोग गर्न सकिन्छ जसमा :
• क्षमता रूपरेखा
• क्षमता ढाँचा
• क्षमता संरचना
• दक्षता रूपरेखा
• योग्यता ढाँचा
सामान्यतः कम्पिटेन्सीमा ३ तहहरु रहन्छन्:
• Core competencies – सबै कर्मचारीका लागि (जस्तै: इमान्दारिता, उत्तरदायित्व आदि)
• Functional competencies – कामसँग सम्बन्धित (जस्तै: वित्तीय व्यवस्थापन, राजस्व व्यवस्थापन आदि)
• Leadership competencies – नेतृत्व तहका लागि (जस्तै: रणनीतिक सोच, निर्णय क्षमता आदि)
कम्पिटेन्सी फ्रेमवर्कको आवश्यकता
• योग्य व्यक्तिको नियुक्तिका लागि
• निष्पक्ष कार्यसम्पादन मूल्याङ्कनका लागि
• नेतृत्व विकासका लागि
• उत्तराधिकारी योजनाका लागि
• संस्थागत सुशासन र पारदर्शिताका लागि
• राजनीतिक प्रभाव घटाउँछ
• योग्यता प्रणालीको नेतृत्व सुनिश्चितता गर्छ
• सुशासनलाई मजबुत बनाउँछ
कम्पिटेन्सी फ्रेमवर्कका अन्तर्राष्ट्रिय अभ्यासहरू
संयुक्त राष्ट्रसंघ (UN) Competency Framework
संयुक्त राष्ट्रसंघले निकै व्यवस्थित Competency Framework विकास गरेको छ, जसमा तीन मुख्य क्षेत्रहरु छन्:
Core Values:
• निष्ठा वा इमान्दारिता (Integrity)
• व्यावसायिकता (Professionalism)
• विविधताको सम्मान (Respect for Diversity)
Core Competencies:
• सञ्चार (Communication )
• समूहकार्य (Teamwork)
• योजना र संगठन (Planning & Organizing)
• उत्तरदायित्व (Accountability)
• सेवाग्राहीउन्मुख (Client Orientation)
Managerial Competencies (नेतृत्वका लागि विशेष):
• नेतृत्व कौशलता (Leadership )
• दूरदृष्टि (Vision)
• रणनीतिक सोच (Strategic Thinking)
• कार्यसम्पादन व्यवस्थापन (Managing Performance)
• विश्वास निर्माण Building Trust ()
संयुक्त राष्ट्रसंघ मा उच्च पदमा नियुक्ति गर्दा Competency-based Interview (CBI) प्रयोग गरिन्छ जसवाट उम्मेदवारको पूर्व व्यवहार (Past Behavior) को आधारमा मूल्याङ्कन गरिन्छ।
बेलायत – Civil Service Success Profiles
बेलायत सरकारको “Success Profiles Framework” निकै प्रख्यात छ। यसले ५ तत्वलाई मापन गर्छ:
• व्यवहार (Behaviours)
• सबल पक्ष (Strengths)
• दक्षता (Ability)
• अनुभव (Experience)
• प्राविधिक वा विधागत सीप (Technical skills)
यसका साथै नेतृत्व पदका लागि “Delivering at Pace, Seeing the Big Picture, Making Effective Decisions” जस्ता व्यवहारहरू मूल्याङ्कन गरिन्छ।
क्यानडा – Key Leadership Competencies (KLC)
क्यानडामा वरिष्ठ प्रशासकहरूका लागि निम्न ६ प्रमुख क्षमताहरु मापन गरिन्छ:
• Create Vision & Strategy
• Mobilize People
• Uphold Integrity
• Collaborate with Partners
• Achieve Results
• Promote Innovation
यसको साथै 360-degree feedback (सहकर्मी, मातहत, माथिल्लो तह सबैबाट मूल्याङ्कन) को समेत प्रचलन छ।
अष्ट्रेलिया – APS Leadership Framework
अष्ट्रेलियाको सार्वजनिक सेवामा:
• Shapes Strategic Thinking
• Achieves Results
• Cultivates Productive Relationships
• Exemplifies Personal Drive & Integrity
नियुक्ति प्रक्रियामा व्यवहारगत सूचक (Behavioral Indicators) मापन गरिन्छ।
सिंगापुर– Public Service Leadership Model
सिंगापुरले Leadership Pipeline”मा जोड दिन्छ जसमा :
• Strategic Thinking
• Talent Development
• Whole-of-Government Perspective
जस्ता विषयहरु हेर्ने गरिन्छ र योग्यता प्रणाली र competency मूल्याङ्कन प्रणाली लागू गरिएको छ।
नेतृत्व पदमा क्षमता मापनका अन्तर्राष्ट्रिय अभ्यासहरु
Competency-Based Interview (CBI)
• STAR Method (Situation, Task, Action, Result)
• “तपाईंले कठिन निर्णय कसरी लिनुभयो?” जस्ता प्रश्नहरु सोधिने।
Assessment Center
• Case Study
• Role Play
• Group Discussion
Psychometric Testing
• Personality Test
• Cognitive Ability Test
360-Degree Feedback
• सहकर्मी, मातहत, सुपरिवेक्षक लगायत सबैको प्रतिक्रिया लिइने
Performance Record Analysis
• अघिल्लो उपलब्धि र नेतृत्व अनुभव
कम्पिटेन्सी मापनका सूचकहरु
• दीर्घकालीन दृष्टि बनाउन सक्ने
• नीतिगत असर विश्लेषण गर्ने
• जटिल समस्याको समाधान निकाल्ने
• प्रत्येक कम्पिटेन्सीलाई अनुभूति गर्न सकिने व्यवहार (observable behavior) मा रूपान्तरण गरिन्छ, जसले मापनलाई वस्तुनिष्ठ बनाउँछ।
Competency Framework संगठनात्मक व्यवस्थापनको अपरिहार्य तत्व
Competency Framework संगठनात्मक व्यवस्थापनको एक अपरिहार्य तत्व हो, किनकि यसले संस्थामा आवश्यक पर्ने ज्ञान, सीप, व्यवहार र मनोवृत्तिलाई स्पष्ट रूपमा परिभाषित गरी मानव स्रोत व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउँछ। यस्तो रूपरेखाले सही व्यक्तिलाई सही पदमा नियुक्ति गर्न, कार्यसम्पादनलाई वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्न, नेतृत्व विकासलाई योजनाबद्ध बनाउन तथा उत्तराधिकारी तयार गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ। साथै, यसले व्यक्तिगत लक्ष्यलाई संस्थागत लक्ष्यसँग समन्वय गरी कर्मचारीको उत्प्रेरणा र उत्तरदायित्व बढाउँछ। आधुनिक प्रशासनिक प्रणालीहरू, विशेष गरी संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा क्षमता आधारित व्यवस्थापन प्रणाली लागू गरिनु यसको प्रभावकारिताको स्पष्ट प्रमाण हो। त्यसैले, सुशासन, दक्षता र संस्थागत उत्कृष्टता हासिल गर्न Competency Framework को विकास र कार्यान्वयन अनिवार्य मानिन्छ।
योग्यता प्रणाली को प्रबर्ध्दनका लागि Competency Framework
Competency Framework योग्यता प्रणालीको प्रवर्द्धनका लागि एक अत्यन्त महत्वपूर्ण आधार हो, किनकि यसले व्यक्तिको वास्तविक क्षमता जस्तै ज्ञान, सीप, व्यवहार र नेतृत्व दक्षतालाई स्पष्ट रूपमा परिभाषित र मापनयोग्य बनाउँछ। परम्परागत रूपमा पदपूर्ति गर्दा केवल शैक्षिक योग्यता वा वरिष्ठतामा जोड दिइने भए पनि क्षमता रूपरेखाले कार्यसम्पादन र व्यवहारिक दक्षतालाई केन्द्रमा राखेर योग्य व्यक्तिको छनोट सुनिश्चित गर्छ। यसले नियुक्ति, पदोन्नति, तालिम तथा कार्यसम्पादन मूल्याङ्कनमा वस्तुनिष्ठता र पारदर्शिता ल्याउँछ, जसले अन्ततः योग्यता प्रणालीलाई संस्थागत बनाउँछ। विश्वका अग्रणी प्रशासनिक अभ्यासहरू विशेषगरी संयुक्त राष्ट्र संघ लगायतका संस्थाहरूमा Competency Based Selection र मूल्याङ्कन प्रणाली लागू हुनु यसको प्रभावकारिताको प्रमाण हो। त्यसैले, योग्य, उत्तरदायी र परिणाममुखी प्रशासन निर्माण गर्न Competency Framework को विकास र प्रभावकारी कार्यान्वयन अपरिहार्य मानिन्छ।
ज्ञान, सीप, व्यवहार र नेतृत्व दक्षता किन अपरिहार्य पक्षहरु हुन्
ज्ञान, सीप, व्यवहार र नेतृत्व दक्षता कुनै पनि संगठनको प्रभावकारी सञ्चालनका लागि अपरिहार्य पक्षहरू हुन्, किनकि यी चारै तत्वले समग्र कार्यसम्पादनको गुणस्तर निर्धारण गर्छन्। ज्ञानले कार्यसम्बन्धी आधारभूत समझ र सैद्धान्तिक स्पष्टता दिन्छ भने सीपले त्यस ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने क्षमता प्रदान गर्छ। त्यसैगरी, सकारात्मक व्यवहार जस्तो इमान्दारिता, उत्तरदायित्व, सहकार्य र अनुशासनले कार्यस्थलमा विश्वास र समन्वयको वातावरण निर्माण गर्छ। नेतृत्व दक्षताले भने उपलब्ध स्रोत र जनशक्तिलाई सही दिशामा परिचालन गर्दै लक्ष्य हासिल गर्न मार्गदर्शन गर्छ। यदि यीमध्ये कुनै एक पक्ष कमजोर भयो भने संगठनको समग्र कार्यक्षमता प्रभावित हुन्छ। त्यसैले, सक्षम, परिणाममुखी र उत्तरदायी संस्था निर्माणका लागि ज्ञान, सीप, व्यवहार र नेतृत्व दक्षताको सन्तुलित विकास अत्यावश्यक मानिन्छ।
Competency Framework को अवलम्बनबाट समग्र शासकीय प्रणालीको प्रभावकारितामा पुग्ने योगदान
Competency Framework को अवलम्बनले समग्र शासकीय प्रणालीको प्रभावकारितामा महत्वपूर्ण योगदान पुर्याउँछ, किनकि यसले प्रशासनिक प्रक्रियालाई क्षमतामा आधारित, पारदर्शी र परिणाममुखी बनाउँछ। यस्तो रूपरेखाले सही व्यक्तिलाई सही पदमा नियुक्ति गर्ने, कार्यसम्पादनलाई वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्ने र आवश्यकताअनुसार सीप विकास तथा नेतृत्व निर्माण गर्ने आधार तयार गर्दछ। यसले निर्णय प्रक्रियामा दक्षता, उत्तरदायित्व र विश्वसनीयता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई नागरिकमैत्री र प्रभावकारी बनाउँछ। साथै, क्षमता मापनका स्पष्ट सूचकहरूको प्रयोगले पक्षपात, नातावाद र अनियमिततालाई न्यूनीकरण गर्दै योग्यता प्रणालीलाई संस्थागत गर्न मद्दत गर्दछ। संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय अभ्यासहरूले पनि क्षमता–आधारित व्यवस्थापनले सुशासन, नतिजामुखी कार्यसम्पादन र संस्थागत उत्कृष्टता हासिल गर्न सहयोग पुर्याउने देखाएका छन्। त्यसैले, समग्र शासकीय प्रणालीलाई सक्षम, उत्तरदायी र विश्वसनीय बनाउन Competency Framework को प्रभावकारी कार्यान्वयन आवश्यक मानिन्छ।
Competency Framework का अन्य अन्तरसम्बन्धित पक्षहरु
संगठनात्मक संस्कृतिसँगको सम्बन्ध
क्षमता रूपरेखाले केवल व्यक्तिको दक्षता मात्र होइन, संस्थाको कार्यसंस्कृति निर्माणमा पनि भूमिका खेल्छ। यसले साझा मूल्य, आचरण र कार्यशैली विकास गरी संस्थालाई एकरूपता दिन्छ।
डिजिटल युग अनुरुपका सीपहरूको समावेश
• Digital literacy
• Data-driven decision making
• Innovation & adaptability
जस्ता नयाँ कम्पिटेन्सीहरू समावेश गर्न आवश्यक हुन्छ।
नागरिक–केन्द्रित सेवा प्रवाह
क्षमता रूपरेखाले सेवा प्रदायकलाई नागरिकको आवश्यकता बुझ्ने र ग्राहकमुखी व्यवहार गर्ने तर्फ उन्मुख बनाउँछ, जसले सेवा प्रवाहको गुणस्तर सुधार गर्छ।
परिवर्तन व्यवस्थापन
नीतिगत, संरचनागत वा प्रविधिगत परिवर्तनहरू कार्यान्वयन गर्न change leadership आवश्यक हुन्छ। Competency Framework मा यसलाई स्पष्ट रूपमा समेटिनु जरुरी हुन्छ।
नैतिकता र सदाचार
• भ्रष्टाचार नियन्त्रण
• पारदर्शिता
• सार्वजनिक उत्तरदायित्व
जस्ता पक्षहरूलाई स्पष्ट कम्पिटेन्सीका रूपमा राख्दा सुशासन बलियो हुन्छ।
समावेशिता र विविधता
• लैङ्गिक समानता
• सामाजिक समावेशिता
• सांस्कृतिक संवेदनशीलता
जस्ता क्षमताहरू पनि समावेश गर्न आवश्यक हुन्छ। संयुक्त राष्ट्र संघ ले Respect for Diversity लाई मूल अवधारणा बनाउनु यसको राम्रो उदाहरण हो।
निरन्तर सिकाइ
Competency Framework स्थिर होइन, गतिशील हुन्छ। यसका लागि Training Coaching Mentoring
मार्फत कर्मचारीलाई निरन्तर विकास गरिनु आवश्यक हुन्छ।
कार्यसम्पादनसँग प्रत्यक्ष जोड (Link to Performance Management)
यदि Competency Framework लाई Performance appraisal Reward system Promotion सँग नजोडिएमा यसको प्रभाव सीमित हुन्छ।
संस्थागत अनुकूलता (Contextualization)
अन्तर्राष्ट्रिय मोडेल जस्ताको तस्तै लागू गर्नु सधैं प्रभावकारी हुँदैन। देशको प्रशासनिक संरचना, राजनीतिक परिवेश र सामाजिक सन्दर्भ अनुसार अनुकूलन आवश्यक हुन्छ।
कार्यान्वयन चुनौतीहरू (Implementation Challenges)
• प्रतिरोध (Resistance to change)
• क्षमता अभाव
• राजनीतिक हस्तक्षेप
• मूल्याङ्कनको विश्वसनीयता
यी चुनौतीहरूलाई सम्बोधन नगरी फ्रेमवर्क प्रभावकारी हुन सक्दैन।
Competency Framework केवल मानव स्रोत व्यवस्थापनको उपकरण मात्र होइन, यो समग्र प्रशासन प्रणाली रूपान्तरणको रणनीतिक साधन हो। तर यसको पूर्ण प्रभावकारिता हासिल गर्न संस्कृति, प्रविधि, नैतिकता, समावेशिता र कार्यसम्पादन प्रणालीसँग एकीकृत रूपमा लागू गर्नु अनिवार्य हुन्छ। कितावी वा सैध्दान्तिक रुपमा दक्ष कर्मचारीलाई व्यवहारकुशल बनाउन नेपालको सार्वजनिक प्रशासनमा यस अवधारणाको प्रयोग अपरिहार्य भैसकेको छ।यसको लागि लोक सेवा आयोगको छनौट प्रणाली देखि लिएर पदस्थापन तथा सरुवा र कार्यसम्पादन मूल्याङ्कनमा यस अवधारणाको प्रयोग हुनु आवश्यक देखिन्छ।
डा. दामोदर रेग्मी, प्रशासनविद तथा गीतकार हुनुहुन्छ

तपाईको प्रतिक्रिया !