गठबन्धनप्रति ओलीको टिप्पणी – १० टाउको एक ठाउँ भए, विध्वंस मच्चिनेवाला छ

नागरिक पाना
२०७९ फाल्गुन ३०, मंगलवार १९:०६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन् ।



उनले १० वटा टाउको एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरेका हुन् ।



‘१० दलिय गठबन्धनका १० टाउको एक ठाउँ भएपछि भयंकर विध्वंस मच्चिनेवाला छ,’ उनले भने ।उनले सत्ता गठबन्धनप्रति इंगित गर्दै अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए ।