जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

नागरिक पाना
२०७९ चैत्र २, बिहीबार ०८:३८

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको १३ फागुनमा निधन भएपछि जसपाको एक सिट रिक्त छ ।