आज मिथिलाञ्चलमा जानकी नवमी मनाइँदै

नागरिक पाना
२०८० बैशाख १६, शनिबार ०९:०१
bibah_panchmi_janakpurdham_nepalvani (2)

जनकपुरधाम: जनकपुरधाममा शनिबार जानकी नवमी मनाइँदै छ ।

प्रत्येक वर्ष आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।

जानकी नवमीको अवसरमा शनिबार बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर लगायतका मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीकाे भीड लागेको छ । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरू जनकपुरमा आइपुगेका छन् ।

जानकी मन्दिर व्यवस्थापन पक्षले साेही अवसरमा शनिबार विभिन्न कार्यक्रमकाे समेत आयोजन गरेको छ ।