सर्वसाधारणलाई ट्राफिक सचेतना जगाउन लहानमा ट्राफिक सप्ताह-२०८० सुरु

नागरिक पाना
२०८० जेष्ठ २, मंगलवार ११:४६
Trafic 1 1684206825

काठमाडौं : सर्वसाधारणलाई ट्राफिक सचेतना जगाउने उद्देश्यले सिरहाको लहानमा सञ्चालन भएको ट्राफिक सप्ताह २०८० सोमबार देखी सुरु भएको छ ।

‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं, ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिक बनौ’ भन्ने मूलनाराका साथ सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले आयोजना गरेको हो। सोमबार शुरु भएको कार्यक्रम आगामी जेठ ७ गते सम्पन्न हुने छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी, पैदलयात्री र चालकलाई ट्राफिक सचेतना तथा जेब्राक्रसबारे प्रशिक्षण, ट्राफिक सचेतनासम्बन्धी झण्डै पाँच हजार पर्चा, पम्प्लेट वितरण,प्रभातफेरी लगायत सचेतनामूलक कार्यक्रम गरिएको हो ।

सप्ताहव्यापी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै यस कार्यक्रमवाट प्रत्यक्ष रुपमा १००० बढी सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले जानकारी दिए।