कांग्रेसको रणनीतिः राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिने, प्रधानमन्त्रीलाई टेबुल गर्न नदिने

नागरिक पाना
२०८१ जेष्ठ १, मंगलवार ०८:०५

काठमाडौं । सरकारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रणनीति लिएपछि कांग्रेसले मध्यमार्गी बाटो अपनाएको छ।

कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको हो। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो।

तर, राष्ट्रपतिले पढिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने टेबुल गर्न नदिने नीति कांग्रेसले लिएको छ।

राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ । नीति तथा कार्यक्रम पेस गर्न दिए पनि त्यसमाथिको छलफलमा कांग्रेसले अवरोध गर्ने छ।